खबर, कहर र जहर
–अभय श्रेष्ठ
१
अँध्यारो सडकमा एउटी किशोरीलाई कारले ठक्कर दियो । किशोरी लर्बरिँदै उठी र सहयोगका लागि रुँदै ऊतिर गई । कारले किशोरीलाई फेरि जोडले ठक्कर दियो र टाप कस्यो । अगाडि हिँडिरहेको मानिस पूरै दृश्यको साक्षी थियो । उसले झोलाबाट क्यामेरा झिक्यो र सटासट दस, बाह्र सट फोटो खिच्यो, कागजमा केही टिप्यो र हिँड्यो ।
महानुभावहरू, म थिएँ लोपोन्मुख जङ्गली जनावरको श्रेणीमा पर्ने अनौठो पत्रकार जसलाई समयले स...