महिला मन्त्रीले भनिन्, ‘राष्ट्रपतिमाथि अमर्यादित नारा लगाउनेलाई कार्वाहीका लागि कुरा उठाउछु’
काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अमर्यादित नारा लगाउनेलाई कारवाहीका लागि मन्त्रिपरिषदमा कुरा उठाउने बताएकी छन् ।
आइतवार अखिल नेपाल महिलासंघको ज्ञापन बुझ्दै मन्त्री महतोले कारवाहीको प्रतिवद्धता जनाएकी हुन् । मन्त्री महतोले राष्ट्रप्रमुखमाथि आएका त्यस्ता अमर्यादित अभिव्यक्तिले आफू पनि निकै दुःखी भएको बताउँदै कानुनी कारवाहीका ल...