आजबाट ‘मनसरा’प्रदर्शनमा
फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली फिल्म ‘मनसरा’ प्रदर्शनमा आएको छ। बुधबारदेखि नै अग्रिम बुकिङ खुला भएको फिल्म आजबाट रिलिज भएको हो।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो। प्रिमियरमा पाएको प्रतिक्रियाले निर्माणपक्ष उत्साही देखिएको छ।
क्यूएफएक्सले अग्रिम बुकिङ खुला गर्दा देशभरका आफ्ना आउटलेटमा ‘मनसरा’लाई ६९ शो दिएको थियो। काठमाडौंमा २८ र मोफसलम...