साताको तीन कविता – कवि हिमाल ओसिरिस
नेपाली साहित्यमा २०५० सालदेखि कविता लेख्दै आउनु भएका कवि हिमाल ओसिरिस राम्रो चित्रकार पनि हुनुहुन्छ । उहाँका कविताहरुमा अनुभूतिको प्रखर संवेदनशीलता भेटिन्छ । मधुरो छाया जस्ता यी कविताहरु पाठकका निम्ति गहकिला अभिव्यक्ति हुन् प्रस्तुत छ साताको तीन कविता ।
एक्लो घर
ऊ-रातमा ताराहरुका झिलिमिली मस्त निदाउँछदिनमा झरनाहरुका मधुर धुनसगैँ मीठो गीत गाउँछहर समय -हिमालका स्वच्छ मुस्कान मुग्धता...