पुस २ देखि काठमाडौं-दिल्ली उडान शुरु हुने
कोभिड-१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल-भारत उडान करिब नौ महिनापछि पुनः सञ्चालन गरिने भएको छ । आगामी पुस २ गतेदेखि काठमाडौ-नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो ।
काठमाडौ-नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौं र दिल्लीबीच नियमित निर्धारित उडान पुनः शुरु गर्न अनुमोदन गरिएको नेपालस्थित भा...