कोभिड खोप लाएपछी अनुहारको देब्रे पाटा चलेन, हङकङमा यस्तो केस पहिलो चोटि

कोभिड खोप लाएपछी अनुहारको देब्रे पाटा चलेन, हङकङमा यस्तो केस पहिलो चोटि
१२ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वास्थ बिभागले जनाए अनुसार साइनोभ्याक कोरोनाभाइरस भ्याक्सिन लगाएपछि हङकङमा  पहिलो चोटि एक जना ६९ वर्षका पुरुषलाई बेल्स पाल्सी भएको छ। बेल पाल्सीलाई अनुहारको पक्षघात ( facial paralysis) पनि भनिन्छ ।यो रोग लाग्दा अनुहारको आधा पाटा केहि समयको लागि नचल्ने हुन्छ । अनुहारको मांसपेशी चलाउने स्नायुमा जलन हुँदा , सुन्निदा यस्तो लक्षण देखा पर्ने गर्दछ। ...

हङकङमा आज ६० जना कोरोना संक्रमित ,अर्सस फिटनेस सेन्टरका ४७ जना संक्रमित

हङकङमा आज ६० जना कोरोना संक्रमित ,अर्सस फिटनेस सेन्टरका ४७ जना संक्रमित
१२ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर च्वाङ सुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ६० वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन। जसमा ६ आयातित  र बाकी ५४ जना  स्थानीय केस रहेकाछ्न।६ जना आयातित केस मध्येमा एकजना कोरोनाभाइरसको नयाँ नस्ल N501Y बोकेर आऔने पनि परेका छ्न। स्थानीय केस...

कोरोना भ्याक्सिन लगाएपछि ७० वर्षीय महिलाको निधन , हङकङमा भ्याक्सिनसंग संबंधित मृत्यु हुनेको संख्या ४

कोरोना भ्याक्सिन लगाएपछि ७० वर्षीय महिलाको निधन , हङकङमा भ्याक्सिनसंग संबंधित मृत्यु हुनेको संख्या ४
१२ मार्च हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारको स्वास्थ अधिकारीले चीन उत्पादित साइनोभ्याक कोरोनावाइरस भ्याक्सिन ग्रहण गरेको  ९ दिन पछि एक ७० वर्षीया महिलाको निधन भएको कुरालाई पुष्टि गरेकाछ्न। हङकङमा फेब्रुअरी २६ तारीखबाट परिचालित कोभिड-१९ विरुद्धको खोप प्राप्त गरेपछि निधन हुने उनी चौथो व्यक्ति हुन।स्वास्थ बिभागबाट प्रकाशित विवरणमा मृतकको शरीरमा उच्च रक्तचाप र घुडामा ओस्टियोअथ्राइटिस ( ज...

चीनले हङकङलाई राष्ट्रवादीको हातमा सुम्पियो, क्यारी लामद्वारा आभार प्रकट

चीनले हङकङलाई राष्ट्रवादीको हातमा सुम्पियो, क्यारी लामद्वारा आभार प्रकट
१२ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । बेजिङले हङकङमा उत्पन्न राजनीतिक समस्यालाई सुल्झाउने हेतुले गत वर्ष अर्थात जुन ३० तारीख २०२० मा राष्ट्रिय सुरक्षा कानुन लागू गरेको थियो । तर हङकङको संविधानमा विद्यमान केहि छिद्र नटालेमा चीन विरोधी गतिविधि हङकङमा यथावत रहने कुरा स्पष्ट थियो । त्यसैले बेजिङले हङकङको राजनीतिक व्यवस्थालाई नै पुनर्संरचना गर्ने पहलकदमी लियो। र मार्च ११ तारीख चीनको  नेसनल पि...

हङकङमा भ्याक्सिन लिनेको कुल संख्या १३०,५००, भ्याक्सिन लिएपछि ७ जना बिसन्चो

हङकङमा भ्याक्सिन लिनेको कुल संख्या १३०,५००, भ्याक्सिन लिएपछि ७ जना बिसन्चो
११ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोभिड-१९ भ्याक्सिन वितरण परियोजना फेब्रुअरी २६ तारीखबाट चालू छ। हिजो अर्थात मार्च १० तारीख बेलुकी ८ बजे उताको २४ घन्टा भित्र  भ्याक्सिन सम्बन्धि गतिविधि के कस्तो रहयो हेरौं । १.करिब १०,९०० जनाले  साइनोभ्याक भ्याक्सिनको पहिलो खुराक लिए। करिब ७,८०० मानिसले यो भ्याक्सिन ८ वटा विभिन्न कम्युनिटी भ्याक्सिन वितरण केन्द्रबाट लिएका हुन। करिब २,...

कोरोनाको सुइ लगाएपछि फेरि एकजनालाई हृदयघात,रोगी अहिले आइसीयुमा

कोरोनाको सुइ लगाएपछि फेरि एकजनालाई  हृदयघात,रोगी अहिले आइसीयुमा
९ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको हेल्थ अथोरिटिले आज मंगलबार फेरि एकजना पुरुष कोभिड-१९ विरुद्धको साइनोभ्याक भ्याक्सिन लगाएपछि गम्भीर बिरामी भएको रिपोर्ट सार्वजनिक गरेकोछ। वर्ष ५१ को उक्त रोगीले गत बुधबार शा तिनको युन वो रोड स्पोर्ट्स सेन्टरमा   सुइ लगाएका थिए । सुइ लगाएपछि उनमा खोकी चल्ने र सास फेर्न गाह्रो हुने लक्षण देखा परेको थियो । सोमबार ऊनी क्युइन एलिजाबेथ अस्पतालको इमर...

थप सात क्षेत्रका नागरिकको लागि कोरोनाभाइरस खोप खुल्ला गर्‍यो हङकङ सरकारले

थप सात क्षेत्रका नागरिकको लागि कोरोनाभाइरस खोप खुल्ला गर्‍यो हङकङ सरकारले
९ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ सरकारले कोरोनाभाइरस भ्याक्सिन प्राप्त गर्ने सुचीमा अरु धेरै सेक्टरका जनसमुदायलाई समेट्ने घोषणा मार्च ८ तारिख गरेकोछ । थप ७ वटा जोखिम युक्त  क्षेत्रका यी प्राथमिकता समुह भित्र करिब १३ लाख मानिस पर्दछ्न। यी सात समुहको व्यक्तिले मार्च ९ तारीख बिहान ९ बजेबाट खोपको लागि अन्लाईन बुकिङ गर्न सक्नेछ्न। जनसेवा मन्त्री पेट्रीक निपले खुलस्त पारेका सात क्षे...

हङकङ कोरोना अप्डेट:”मृत्यु वा कुनै साइड इफ्याक्ट साइनोभ्याक भ्याक्सिनले गराएको होइन” अनुसन्धान प्यानल

हङकङ कोरोना अप्डेट:”मृत्यु  वा कुनै साइड इफ्याक्ट साइनोभ्याक भ्याक्सिनले गराएको होइन” अनुसन्धान प्यानल
८ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । चीन निर्मित साइनोभ्याक कोभिड भ्याक्सिन लगाएको चार  दिन पछि एक ५५ वर्षीया महिलाको स्ट्रोकद्वारा मृत्यु भएको थियो मार्च ६ तारीख शनिबार । धेरै वटा दीर्घ रोगबाट पीडित यी महिलाले मार्च २ तारीख मंगलबार उनले जोर्डनको कुन चुङ स्पोर्ट्स सेन्टरमा परिचालित कम्युनिटी भ्याक्सिनेसन सेन्टरबाट कोरोना खोप लगाएकी थिइन। स्वास्थ स्थिति ठिक नभए पछि उपचारको लागि शुरुमा क्या...

हङकङमा कोरोनाको खोप लगाएपछि फेरि ७१ वर्षीय वृद्धको मृत्यु , यो खोप लाए पछि अहिलेसम्म तीन जनाको निधन

हङकङमा कोरोनाको खोप लगाएपछि फेरि ७१ वर्षीय वृद्धको मृत्यु , यो खोप लाए पछि अहिलेसम्म तीन जनाको निधन
८ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा साइनोभ्याक भ्याक्सिन लगाएपछि मृत्यु  हुनेको संख्या तीन पुगेको छ। स्रोतका अनुसार तेस्रो मृतक उमेरले ७१ पुगेका  जसले प्राइभेट क्लिनिकबाट गत बुधबार खोप ग्रहण गरेका थिए र आइतबार बेलुकी उनले आफुलाइ अस्वस्थ महसुस गरेका थिए । उपचारको लागि उनलाई युनाइटेड क्रीस्चियन हस्पिटलको एक्सिडेन्ट् एन्ड इमर्जेन्सी डिपार्टमेन्टमा लगिएको थियो आज बिहान । उक्त...

कोरोना भ्याक्सिन लाएका दुइजना आइसियुमा सिकिस्त,आज हङकङमा १६ जना नयाँ कोरोना रोगी थपिए

कोरोना भ्याक्सिन लाएका दुइजना आइसियुमा सिकिस्त,आज हङकङमा १६ जना नयाँ कोरोना रोगी थपिए
७ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर च्वाङ सुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा १६ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन। जसमा ३ आयातित ( २ जना एउटै फ्लाइट चढेर  अमेरिकाबाट आएका र १ जना क्यानाडाबाट आएका) र बाकी १३ जना  स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्ये ८ केस पुर्व क...