शिवजीको त्रिशूल – कथाकार राजेश विद्रोही
कथा
शिवजीको मन्दिरबाट अचानक त्रिशूल हरायो । त्रिशूल कसरी हरायो ? कसले लग्यो ? कहाँ पुरयायो ? कसैलाई केही पत्तो भएन तर यसरी मन्दिरबाट अचानक त्रिशूल हराएपछि सहरवासी आतङ्कित भए ।
सहरको बीचमै एउटा चोकमा शिवजीको त्यो प्राचीन मन्दिर थियो । मन्दिरसँग जोडिएको एउटा किंवदन्ती प्रचलित छ । त्यो किंवदन्ती मात्र होइन, सहरवासीको आस्थासँग नछुट्टिने गरी गाँसिएको विश्वास पनि हो । विश्वासले भन्छ – शिवजीको त्यो त्र...