कथा – स्याबास शुभश्री !
दीप्स शाह
आक्कल झुक्कल अफिसको ढोकैमा भेटिंदा म उसका आँखा नियाल्थें । अनगिन्ति अनुहारसंग मेरा आँखा ठोक्किन्छन तर केहि खास अनुहारका खास आँखाहरुले मलाइ तुरुन्तै कैद गर्छन। यसरी मेरा आँखालाइ कैदी बनाउने अत्यन्त सिमित आँखा मध्ये उसका ति दुइ शान्त आँखा पनि थिए ।
सामान्य चिनाजानी थियो हामी बीच । म त्यो सामान्यलाइ प्रगाढ बनाउने प्रयत्नमा थिएँ । एउटा नजानिँदो आकर्षणको सिर्सिरे बतासले मलाइ हल्का छोए झैं भ...