कथा – नफर्किने यात्रा
केशव सिग्देल
पटक पटक जीवनमा धोखा खाएपछि अनिरुद्रले घर छोडेर हिडने निश्चय गरयो। ऊ चाहन्थ्यो अब जोगी बनूँ र कुनै एकान्त जङ्गलमा गएर तपस्या गरुँ ।आखिर किन मानिसहरु जीवनको जालोमा बेरिन्छन र दुःखलाई वरण गर्छन ! मायावी जालो उत्पादन गर्ने त्यो रसायनले किन यो पीडाको संकेत पहिल्यै गर्दैन ! कहिले गरिवीको शिकार, कहिले राज्य व्यवस्थाको उत्पीडनको शिकार। कहिले आफैले सर्वश्व ठानेर होमिएको राजनीतिको दाउपेचको श...