गाउँ फर्किरहेको परदेशी लाई नियाल्दा
-प्रदिप सापकोटा
समीक्षा लेखन एक सुन्दर तर अपजस पाउने कार्य हो । यहि कार्यमा मैले हात हालेको छु । कवि सयपत्री थुलुङ जसलाई म स–शरीर चिन्दिन । तर उनकै गाउँ फर्किरहेको परदेशी हात परेको छ । उनका कवितालाई म कतिको न्याय गर्न सक्छु मलाई नै थाहा छैन् । तर मौलिक कलात्मक र सुन्दर कविताहरु पढ्दा उनी सम्भावना बोकेकी कवि हुन् भन्न मलाई गाह्रो लागेन ।
३५ थुँगा फूलहरु उनेर गाउँ फर्किरहेको परदेशी बनेको छ । ...