प्रधानमन्त्री ओलीले तत्काल सपथग्रहण गर्न नपर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सपथग्रहण गर्न नपर्ने भएको छ । प्रधानमन्त्री ओलीको सपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।
वैशाख ३१ गते राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीले सपथ लिने क्रममा प्रतिज्ञा गर...