सोनिका र जोनको फिचरिङमा ‘झिमिक झिमिक’ सार्वजनिक
काठमाडौं । चर्चित युटुवर तथा मोडल सोनिका रोकाया र जोन पुलामी मगरको फिचरिङमा ‘झिमिक झिमिक’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका मेलिना राई र गायक थिरज राईको स्वर रहेको छ ।
गीतमा डिपी खनालको शब्द तथा थिरज राईको संगीत छ । प्रेमील जोडि विचको माया र प्रेमलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई फकाउनको लागी गायक निकै सिपालु रहेका छन ।
सन्दिप भुजेलको निर्देशनमा बनेको भिडियोलाई रंजित घिसिङले ...