नेपालबाटआउने फ्लाइट र यात्रुलाई हङकङ प्रवेश मनाही १४ दिनको लागि

नेपालबाटआउने फ्लाइट र यात्रुलाई  हङकङ प्रवेश मनाही १४ दिनको लागि
१ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । अप्रिल २९ तारीख हङकङ स्वास्थ बिभागले प्रस्तुत गरेको दैनिक कोरोना संक्रमित केसमा जम्मा १५ जना आयातित केसमा १३ जना  नेपाली परेका थिए । १३ जना नेपाली मध्ये २ जना कोरोना भाइरसको नयाँ प्रजाती एन५०१वाइ ( N501Y) धारी थिए । भारतमा कोभिड दोस्रो लहरले कोरोना संक्रमणको सुनामी ल्याए संगसंगै नेपाल पनि त्यसको प्रभावबाट अछुतो रहेन।अत हङकङमा  केहि दिन देखि लगाता...

आन्तरिकसहित १० मुलुकबाट हुने उडान बन्द गर्न सीसीएमसीको सिफारिस

आन्तरिकसहित १० मुलुकबाट हुने उडान बन्द गर्न सीसीएमसीको सिफारिस
काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मुलुकभित्र कोरोनाको संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक उडान बन्द गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । यसका साथै कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा समेत रोक लगाउन बैठकले सिफारिस गरेको छ । पर्यटनमन्त्री भानुभक्त ढकालले कोरोना अतिप्रभावित मुलुकहरु भारत, अमेरिका, बेलायत लगायतका द...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्‍यो हात खडा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्‍यो हात खडा
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको भन्दै हात खडा गरेको छ । मन्त्रालयले आज शुक्रबार सार्वजनिक अपील जारी गर्दै काठमाडौं उपत्यकासहित अन्य १९ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो भएका कारण अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको बताएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको अपीलमा संक्रमणको र...

दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री

दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री
काठमाडौं । स्वतन्त्र सांसद दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । आज मन्त्री भएलगत्तै मनाङेले सपथ ग्रहण गरेका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले सपथग्रहण गराएका हुन् । सपथ ग्रहणमा मनाङे निलो रंगको कोट र दौरा सुरुवालमा ठाँटिएका थिए । सपथग्रहण कार्यक्रममा सभामुख र अन्य दलका मुख्य नेताहरु भने उपस्थित...

कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारियो

कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारियो
काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारिएको छ । कोरोना संक्रममणका कारण थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाहको शरीरमा अक्सिजनको मात्रा निकै कम देखिएपछि आईसीयूमा सारिएको अस्पताल प्रशासनले जनाएको छ । आज बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै अस्पतालले श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि शाहलाई आईसीयूमा सारिएको जनाएको छ । विज्ञप्तिमा भन...

लकडाउनमा सबै पेट्रोल पम्प खुला रहने

लकडाउनमा सबै पेट्रोल पम्प खुला रहने
काठमाडौँ । निषेधाज्ञाको अवधिभर काठमाडौँ उपत्यकाका सबै पेट्रोल पम्प खुला रहने भएका छन् । नेपाल आयल निगमले बुधबार एक सूचना प्रकाशित गरी निषेधाज्ञाको समयमा पेट्रोल पम्पहरू खुला रहने जनाएको हो । पेट्रोलियम प्रदार्थको सहज र सरल ढंगबाट आपूर्ति तथा बिक्री वितरणको व्यवस्था मिलाउन निगमले थानकोटस्थित निगमको क्षेत्रीय कार्यालय खुल्ला राख्ने पनि जनाएको छ । कोरोना सङ्क्रमणबाट बच्न सरकारले विनाकाम घर ...

काठमाडौं उपत्यकामा फेरि निशेधाज्ञा हुँदै

काठमाडौं उपत्यकामा फेरि निशेधाज्ञा हुँदै
काठमाडौं । कोरोना संक्रमणको स्थिति भयावह बन्न थालेपछि काठमाडौं उपत्यकाका तीनै जिल्लामा वैशाख १६ गतेदेखि एक साता निषेधाज्ञा जारी गरिएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् । साथै, प्रशासनले निषेधाज्ञा अवधीभर सार्वजन...

आइपीएल बीचमै छोडेर घर फर्किने निर्णय

आइपीएल बीचमै छोडेर घर फर्किने निर्णय
एजेन्सी । भारतमा कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुगेपछि जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा प्रभाव पर्न थालेको छ । केही खेलाडीहरुले आइपीएल बीचमै छोडेर घर फर्किने निर्णय लिएका छन् । अहिलेसम्म तीन अष्ट्रेलियन र एक भारतीय खेलाडीले खेल छोडेर घर फर्किने निर्णय लिएको बीबीसीले जनाएको छ । अष्ट्रेलियाका खेलाडीहरु एडम जाम्पा, केन रिचार्डसन र एन्ड्रू टाइका साथमा भारतीय खेलाडी रविचन्द्र आश्विनल...

हङकङमा आज ६ जना संक्रमित ,खोप लाउने क्रम जति सुस्त भयो उति जनजीवन सामान्य हुन ढिला हुने-अर्थमन्त्री

हङकङमा आज ६ जना संक्रमित ,खोप लाउने क्रम जति सुस्त भयो उति जनजीवन सामान्य हुन ढिला हुने-अर्थमन्त्री
२५ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वास्थ बिभागको स्वास्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार आज हङकङमा जम्मा ६ वटा कोभिड-१९ संक्रमित केस थपिएका छ्न। आज थपिएको केस समेत गरेर हङकङमा कुल संक्रमित संख्या ११,७३६ पुगेकोछ। हङकङमा कोभिडबाट मृत्यु हुनेको संख्या २०९ पुगेकोछ। आज घोषित केस अन्तर्गत ४ जना आयातित र २ जना पुर्व केसबाट संक्रमित स्थानीय केस परेका छ्न। ४ जना आयातित केस मध्ये  ...

कोरोना खोप : नेपालका लागि अझै छैन सुखद संकेत

कोरोना खोप : नेपालका लागि अझै छैन सुखद संकेत
काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड- १९ बाट आक्रान्त विश्व समुदायलाई राहत दिने खबर बुधबार आयो, अमेरिकी कम्पनी फाइजरले जर्मन बायोएनटेकसँग मिलेर विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी देखियो । त्यसको केही दिनमा अमेरिकी कम्पनी मोडर्नाले पनि आफूले विकास गरेको खोप ‘एमआरएनए(१२७३’ को प्रभावकारिता ९४।५ प्रतिशत रहेको बताएको छ । रुसी खोप स्पुतनिक-भी पनि ९२ प्रतिशत प्रभावकारी देखिएको खबर आएको थियो । एकपछि...