देशभर ६ हजार ६ सय ७७ जना कोरोना संक्रमित थपिए

देशभर ६ हजार ६ सय ७७ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा १९ हजार ३० नमुनाहरुको पीसीआर परीक्षणमा ६ हजार ६ सय ७७ जनामा कोरोना पुष्टि भएको जानकारी दिइएको हो । ३ सय २२ नमुना एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जनामा पोजिटिभ देखिएको छ । यस्तै २४ घण्टामा ६ हजार ७ सय १६ जना नि...

राष्ट्रपति भण्डारीले गरिन् भारतका राष्ट्रपतिसँग खोप उपलब्ध गराइदिन आग्रह

राष्ट्रपति भण्डारीले गरिन् भारतका राष्ट्रपतिसँग खोप उपलब्ध गराइदिन आग्रह
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज भारतका राष्ट्रपति कोविन्दलाई पत्राचार गर्दै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेकी हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालक अनुसार राष्ट्रपति भण्डारीले कूटनीतिक माध्यममार्फत भारतका राष्ट्रपतिलाई नेपालमा खोप ...

कोभिसिल्ड खोपको दोस्रो डोज सुरु

कोभिसिल्ड खोपको दोस्रो डोज सुरु
काठमाडौं । कोभिसिल्ड खोपको दोस्रो डोज आजदेखि लगाइएको छ । यसअघि गत फागुन २३ गते भन्दा अगाडि पहिलो प्राथमिकतामा परेर कोरोना विरुद्धको खोप कोभिसिल्ड लगाएकाहरुलाई दोस्रो डोज दिइएको हो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य कार्यालय ललितपुरले अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई दोस्रो डोज दिन लागिएको जनाएको छ । आज सुरक्षाकर्मी...

राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता : चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने

राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता : चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने
काठमाडौं । चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने भएको छ । चीनले नेपाललाई तत्कालै अनुदान स्वरुप १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको हो । आज राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले सो घोषणा गरेको हो । सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको हो । यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।

कोभिड युनिफाइड अस्पतालमा डा. गौतम नियुक्त

कोभिड युनिफाइड अस्पतालमा डा. गौतम नियुक्त
काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकृतमा डा. जागेश्वरगौतमलाई नियुक्त गरेको छ । कोरोना संक्रमितको उपचार सहज बनाउन सरकारले वीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पतालका रूपमा सञ्चालन गर्न छुट्टै कानुनी व्यवस्था गरेको छ । गौतमले मंगलबारदेखि कार्यभार सम्हाल्नेछन् । सरकारले यो अस्पतालमा ५ सय शय्या व्यवस्थापन गर्ने निर्णय गरेको थियो । ...

सरकार जनताको स्वास्थ्य सम्बन्धी मौलिक हक रक्षा गर्न पूर्णत असफल- माओवादी केन्द्र

सरकार जनताको स्वास्थ्य सम्बन्धी मौलिक हक रक्षा गर्न पूर्णत असफल- माओवादी केन्द्र
काठमाडौं । नेपालमा कोरोना संक्रमण उच्च तहमा पुगे पनि जनताको जीवन रक्षाको अत्यन्तै संवेदनशील यो मुद्दामा सरकारको चरम लापरवाही भएको भन्दै नेकपा (माओवादी केन्द्र) ले खेद प्रकट गरेको छ । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको २०७८ जेठ ५ र ६ गते बसेको बैठकले कोभिड- १९ को दोस्रो लहरको तिव्रता र भयावहतालाई दृष्टिगत गर्दा सरकार जनताको स्वास्थ्य सम्बन्धी मौलिक हक रक्षा गर्ने तथा संक्रमण रोक्ने तयारी,...

हङकङको ताइ कोक चुइमा पर्ने बिल्डिङ लकडाउन,४६ वर्षकी हेल्पर भाइरस भेरिएन्टद्वारा संक्रमित

हङकङको ताइ कोक चुइमा पर्ने बिल्डिङ लकडाउन,४६ वर्षकी हेल्पर भाइरस भेरिएन्टद्वारा संक्रमित
२३ मे २०२१। हङकङ । क्रान्ति सुब्बा । आज बेलुकी ८ बजे हङकङ सरकारले ताइ कोक चुइ स्थित आइल्याण्ड हार्वरभिउको टावर ६ मा रात्रीकालिन लकडाउन जारी गरेकोछ। यो टावरनिवासी एक घरेलु कामदारमा कोरोना भाइरस भेरिएन्ट N501Y द्वारा प्रारम्भिक पोजिटिभ देखिएको कारणले लकडाउन गरिएको हो। यो लकडाउन भोलि बिहान ७ बजे समाप्त हुने कुरा सरकारले गरेकोछ। सरकारको प्रवक्ताको भनाइ अनुसार फिलिपिन्सबाट आएकी आइल्याण्ड हार्...

यस्तो छ पछिल्लो २४ घण्टामा नेपालमा कोरोना अवस्था

यस्तो छ पछिल्लो २४ घण्टामा नेपालमा कोरोना अवस्था
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ९ सय १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यसअघि शनिबार देशभर ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८ हजार ८ सय ४८ जना संक्रमणमुक्त बनेका थिए । यस्तै १ सय २९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो । मन्त्रालयका अनुसार ...

भारतमा एकै दिनमा २१ लाख २३ हजारको कोरोना परिक्षण

भारतमा एकै दिनमा २१ लाख २३ हजारको कोरोना परिक्षण
नयाँ दिल्ली, ९ जेठ २३ मे २०२१ : भारतमा एकैदिनमा २१ लाख २३ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । एकै दिनमा यति धेरै कोरोना परीक्षण गरिएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार एकै दिनमा २० लाखभन्दा बढीको कोरोना परीक्षण गरिएको यो पाँचौ दिन हो । पछिल्लो २४ घण्टामा भारतमा २१ लाख २३ हजार ७८२ हजार जनाको...

“कोरोनाले मर्छ, भ्याक्सिनले बचाउछ” भन्ने कुरा गलत हो, अश्वगन्धा, ध्यान, योगा नै कोरोना विरुद्धको ठुलो भ्याक्सिन हो – योगी विकासानन्द

“कोरोनाले मर्छ, भ्याक्सिनले बचाउछ” भन्ने कुरा गलत हो, अश्वगन्धा, ध्यान, योगा नै कोरोना विरुद्धको ठुलो भ्याक्सिन हो – योगी विकासानन्द
कर्णाली , जेठ ९ (रासस): नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुकमा कृषि, पूर्वाधार विकास, आर्थिकलगायतका विभिन्न क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि यतिबेला ठप्प छ । विद्यालय, कलेज र विश्वविद्यालय सम्पूर्ण बन्द छन् । बन्दको प्रत्यक्ष मार विद्यालयमा अध्ययनरत बालबालिकादेखि विश्वविद्यालयमा पढ्ने युवा विद्यार्थीहरुमा परिरहेको छ । शहरी क्षेत्रमा अनलाइनका माध्यमबाट शिक्षण क्रियाकलाप भए पनि ग्रामीण दुर्ग...