मे२९:संक्रमित २३७,हङकङको अर्को बारमा ११ केस,म्याकडोनाल्ड क्लस्टरमा नेपाली बाबुछोरा पनि परे
क्रान्ति सुब्बा
मे २९ तारीख आइतबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: २३७.पिसिआरबाट पत्ता लागेको केस: १०८.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १२९.कुल संक्रमित संख्या : १,२१२,०९५ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३७६
.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका १०८ जनामध्ये २१ जना अस्पताल प्राधिकरणले, १९ जना स्वास्थ्य विभाग...