साताको तीन कविता – कवि रजनी ढकाल
स्याङजामा जन्मेर काठमाडौँलाई कर्म थलो बनाएकी रजनी ढकाल कविता, निबन्ध र गीत लेखनमा परिचित नाम हो । उनको दृष्टिचेत समालोचना विधामा अझ प्रखर छ । सिर्जना र समालोचना गरी उनका एक दर्जन बढी कृतिहरू प्रकाशित छन् । नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापकको रुपमा कार्यरत ढकालले अढाइ दशकदेखि नेपाली साहित्यमा कलम चलाउँदै आएकी छिन। उनले त्रिविबाट ‘गोविन्द गोठालेका कथामा मनोविश्लेषण’ शीर्ष...