साताको तीन कविता- कवि सोविता सिम्खडा
कला क्षेत्रमा स्थापित नाम हो सोविता सिम्खडा तर लेखनमा पनि उतिकै सक्रिय उहाँ ध्यान प्रशिक्षक र ओशो सन्यासी हुनुहुन्छ । उहाँको कविताहरुले शान्ति , प्रेम र सदभावको निम्ति अपिल गरिरहेको हुन्छ। उहाँको ‘वराङ्गना’ नामक कृति प्रकाशित भैसकेको छ । प्रस्तुत छ साताको कविता तीन ।
काँडैकाँडाको बीचमा
तिमी
आकाशमा देखिने अनेकौं ताराहरुको बीचमा
फुलेको सुन्दर फूल हौ
चम्किलो जून हौ
विश्वका प्रसिद्ध पुस्तकालयहरुम...