अमेरिकी नेपालीले डा हर्क गुरुङ स्मृति भलिबल प्रतियोगिता सम्पन्न गराए
न्युयोर्क । अमेरिका । गुरूङ (तमु) सोसाईटी ईन्क यूएसएद्वारा आयोजित प्रथम डा. हर्क गुरूङ स्मृति भलिबल प्रतियोगिताको पहिलो उपाधी सिन्धु भलिबल टीमले हात पारेको छ।
कडा प्रतिष्पर्धाका साथ सप्पन्न अन्तिम खेलमा सिन्धु भलिबल टीमले म्याग्दी समाज भलिबल टीमलाई हराएर प्रथम भएको हो । प्रथम पुरस्कार स्वरुप नगद तीन हजार डलर , प्रमाणपत्र र ट्रफी राखिएको थियो ।दोश्रो स्थान ओगट्न सफल म्याग्दी भ...