उच्च कोभिड जोखिममा परेको मुलुक फिलिपिन्सबाट डोमेस्टिक हेल्परहरु अगस्ट ३० देखि हङकङ आउने
२२ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । २३ अगस्टमा अप्डेट गरिएको
हङकङको लेबर डिपार्टमेन्टले अगस्ट २१ तारीख शनिबार नयाँ करारमा फिलिपिन्स र इन्डोनेसियाबाट हङकङ आउन लागेका घरेलु कामदारलाई ल्याउने प्रक्रिया पूरा हुन लागेको जनाएकोछ।ती दुई देशद्वारा उपलब्ध खोप प्रमाणपत्रमा अंकित सूचनालाई हङकङले कसरी प्रमाणित गर्ने भन्ने कुराको टुंगो लाग्ना साथ अर्को हप्तातिर नै यस बिषयको जानकारी सार्वजनिक गरिन...