सी जिनपीङको मस्तिष्क

सी जिनपीङको मस्तिष्क
आधुनिक चीनका प्रमुख नेताहरु मध्ये माओत्से तुङले राष्ट्रलाई मुक्ति दिलाए, देङ स्याओ पीङले सम्पन्नता ल्याए, ज्याङजमीनले अन्तराष्ट्रिय प्रतिष्ठा दिलाए भने सी जिनपीङले करिब ३ सयवर्ष देखि पश्चिमाहरुले नेतृत्व गरेको विश्व व्यवस्थाको दावी गरे । यीनै चीनीया विश्व व्यवस्थाका दावेदार सी जीनपीङ जो चीनका वर्तमान राष्ट्रपति हुन । उनको चीन र विश्व राजनीति, अर्थानीति र कुटनीति सम्बन्धि नितिगत विचारहरुको संकलन “...

साताको तीन कविता

साताको तीन कविता
एक दशकदेखि कविता र समीक्षात्मक लेखनमा सकृय आफ्नो कविता र अभिव्यक्तिहरुमा निरन्तररुपमा सिमान्तकृत समुदायको आवाज उठाउदै आएका कवि बच्चु हिमांशु पछिल्लो समय स्रष्टा आन्दोलन र नागरिक आन्दोलनमा सकृय रुपमा जोडिएका छन् । प्रस्तुत छ उनको तीन कविता । गरिबी ऊ आफ्ना नानीहरु भोकाउँदा सान्त्वनाको मिठो खोले आफ्नै विवशताले उमालेर खुवाउँथ्यो ऊ आफ्नी स्वास्नीको आङमा उसको यथार्थ जसरी उध्रेको चोली देखेर सपनाको बह...

साहित्य शून्यमा सिर्जना गर्न सकिँदैन

साहित्य  शून्यमा सिर्जना गर्न सकिँदैन
धरान बसेर लेखन र कला दुवै क्षेत्रमा चालिसको दशकदेखि निरन्तर सक्रिय कवि तथा कलाकार सन्तोष थेबेमाथी कवि राज माङ्लाकले साहित्य लेखन र यो समयमा धरानको साहित्यीक अवस्थामा माथी केन्द्रीत रहेर गरेको कुराकानी । सुरुमा नाटक अभिनयमा लाग्नु भयो, सफलता पनि पाउनु भयो । पछिल्लो समय कवितामा केन्द्रित हुनु भएको छ । यसरी रुचि परिवर्तन कसरी भयो ? – नाटक अभिनयलाई व्यावसायिक बनाउन सकिएन । विवाह परिवारले घेरेपछि घर ...

गनाएको गनाइ छ

गनाएको गनाइ छ
कथा मैतिदेवीबाट घट्टेकुलो खसी चोक हुँदै सिंहदरबार वैद्यखाना जाने एउटा सानो सुरुङगजस्तो बाटो थियो । त्यो बाटो वैद्यखाना छेउको ठुलो बाटोमा निस्कनु अगाडि नै एउटा सामान्य चोक आउँथ्यो । खासमा बाटो नै चोक बनेको थियो । कुनै नामकरण गर्न गाह्रो परेको अवस्था थियो त्यो चोकको । त्यसको एकछेउमा विजुलीको पोल थियो । त्यो बिजुलीको पोलमा रातिको सुविधाका लागि विजुली बल्ब राखिएको थियो । तर नगरपालिकाले राखेको बत्ती भ...

साताको तीन कविता

साताको तीन कविता
पछिल्लो समय समसामयिक विषयमा गम्भीर कविता लेखिरहेका वाक्सेली थापाको भस्मासुरको देशु कविता सङ्ग्रह प्रकाशित छ । विषयवस्तुको मिहिन प्रकटीकरण, पृथक बिम्ब छनोट र सफ्ट व्यग्यशैली उनका कविताका विशेषता हुन् । प्रस्तुत छ ओखलढुङ्गाका कवि वाक्सेली थापाका तीन कविता। आगोको दर्शन वर्षौंदेखि एउटा पुरानो किताब ओथारेर छातीमा आगोको दर्शन पुस्तकालयको पुरानो र्‍याकको कुनामा चुपचाप गुँडुल्किरहेथ्यो । संयोगवश एकदिन ...

त्यसपछि घर घरजस्ताे लागेन

त्यसपछि घर घरजस्ताे लागेन
दौडिँदै घरभित्र पसेको नु(भाइ) भित्रपट्टि ढोकामै उभिएको थियो । म त्यहाँ पुग्नेबित्तिकै नुले भन्यो, ‘अइ तोलाई माग्ने मान्ठा (मान्छे) आको छ ।’ मेरा लागि त्यो रात निकै डरलाग्दो रात थियो । पुस सकेर माघ लाग्दा पनि खाह (हिउँ) परया थिएन । जाडो भने निकै बढ्या थियो । त्यतिवेला म भर्खरै तीन कक्षा पास गरेर चार कक्षामा उक्लिएको थिएँ । स्कुलमा हिउँदे बिदा थियो । कहिले फागुन आउला र नयाँ किताब हे...

नेपाली साहित्यमा एउटै समुदाय, नश्ल र संस्कृति मात्र लेखिएको कारण यसले नेपालमा विद्यमान वहुल समाज,संस्कृति र सौन्दर्यगत चरित्रलाई सम्बोधन गरेन भनेर पहिचान लेखनको अवधारणा अगाडि आएको हो ।

नेपाली साहित्यमा एउटै समुदाय, नश्ल र संस्कृति मात्र लेखिएको कारण यसले नेपालमा विद्यमान वहुल समाज,संस्कृति र सौन्दर्यगत चरित्रलाई सम्बोधन गरेन भनेर पहिचान लेखनको अवधारणा अगाडि आएको हो ।
नेपाली साहित्यको स्थापित नाम कवि कथाकार निबन्धकार मुनराज शेर्माले अहिलेको समयका शक्तीशाली कवि प्रकाश थाम्सुहाङ्गसँग बिषेशगरि नेपाली कविता लेखन र त्यसका अन्तरबिषयमाथी केन्द्रीत रहेर गरेको कुराकानी थाम्सुहाङ्ग करिब दुई दशकदेखी निरन्तर लेखनमा सक्रिय छन् । १. मानिसहरु कवि हुनु र कविता रचना गर्नुको अन्तरशक्ति के होला ? – सन २००६ को नोवल पुरस्कार विजेता टर्किश लेखक ओराम पामुक भन्छन् – ‘कविता ईश्व...

साताको तीन कविता

साताको तीन कविता
नेपाली कविता क्षेत्रमा बर्तमान समयमा लेखीरहेका युवापुस्ताहरु बीच चुपचाप लेख्न रुचाउने , खोटाङका कवि अनिल बान्तावा आफ्ना समकालिनहरुमाझ शक्तीशाली कवि मध्ये एक हुन् । बिषयबस्तुलाई शुक्ष्मरुपमा कवितामा राख्न सक्ने उनका कविताहरुले जीवन जगतको गहिरो संवेदनाहरुलाई बडो गज्जवले अभिव्यक्त गरेको हुन्छ प्रस्तुत छ उनको तीन कविता । गाउँ हृदयको गल्ली नसमाई गुगलको सडकबाट कहिले पुगिँदैन, मेरो गाउँ | लाग्ने छैन, ज...

‘रुदिना’ र शिव प्रधान

‘रुदिना’ र शिव प्रधान
पुस्तक चर्चाः हङकङमा नियमित हुने ‘साझा साहित्य’को ९९ औं श्रृङ्खलामा साहित्यकार दाजु गुरुङ मार्फत् साहित्यकार शिव प्रधानद्वारा लिखित उपन्यास ‘रुदिना’ हामी उपस्थितहरूलाई निशुल्क वितरण गर्नुभयो । जसमा दुई–तीन जना साथीहरूको हस्तलिखित नामै सम्बोधन गरेर प्रधानजीले सप्रेमले पठाउनु भएकोरहेछ, तर उहाँहरू व्यस्तताले नै होला यो धारावाहिक कार्यक्रममा कहिलै उपस्थित हुनु भएन । हुन त यो भन्दा अघि पनि साहित्यका...

स्वतन्त्रता भर्सेज स्वच्छन्दता

स्वतन्त्रता भर्सेज स्वच्छन्दता
“लोग्नेसँग यसरी बोल्दैनन् । तरिका हुन्छ लोग्नेसँग बोल्ने । सोध्ने पनि तरिका हुन्छ ।” उम्लिएको रगत उत्रिएको थियो अनुहारभरि । “लोग्ने साथी हो । लोग्ने परिवार हो । लोग्ने सहयात्री हो । तिमी मेरो लोग्ने मात्रै कहिलेदेखि भयौ ? तिमीसँग कुरा गर्न पनि तरिका खोज्नुपर्ने मैले ?” “हो, केही सम्बन्धका कुरा गर्ने शैली निश्चित हुन्छन् । त्यो दायरा ननाघेकै राम्रो ।” “तिमी मेरो लोग्ने, मैले तिमीसँग नसोधेर कोसँग सो...