साताको तीन कविता – कवि मातृका नेम्वाङ
नेपाली साहित्यको कविता बिधामा बिशेष पहिचानको मुद्दालाई आफ्नो कविता लेखनको केन्द्रमा राखेर लेखीरहने कवि मातृका नेम्वाङ इतर अभियानसँग जोडीएका कवि हुन उनका कविताहरुले मुन्धुमी मिथहरु अत्यन्तै ससक्तरुपमा आएको हुन्छ। प्रस्तुत छ साताको तीनको कविता
युगको विनिर्माण
शताब्दीऔं भैसक्यो इतिहास ढलेको
ओढेर आफ्नै सभ्यताको खोल
कतिन्जेल सुतिरहन्छौ
ओ आदिम भुईंमान्छे हो
उठ अब , गिज्याइरहेको छ
इतिहासको पानाहरूले......