कथा- होपफुल क्याफे
कथाकार - सुमन वर्षा घिमिरे
आज मन अशान्त छ, अस्थिरताले मनमा जरा फैलाउँदै गएको आभास भइरहे झैँ लाग्छ । आँखाहरू कसैको प्रतीक्षामा यताउता चलमलाइरहेका छन । खै, किन हो ? हरेक पल एक्लोपनको महसुस बढदै गएको छ ।
रमेश नआएको पनि धेरै दिन भइसक्यो । अफिसमा क्लोजिङको काम चलिरहेकोले यो महिना आउन पाउँदिन भनेर बताएको पनि हो उसले, तर पनि किन हो महिनाको अन्तिम शुक्रबार आएपछि उसको बाटो हेर्न मन लागिहाल्ने ! सायद आज अ...