तिमी तारे भिर,पवित्र सुब्बा र बल्झिएको स्मृति
शशि थापा सुब्बा
साथीहरू बीच सबै भन्दा मिलनसार थिइन ऊनी । सोझी स्वाभावकि ऊनी रिसाएको पनि अरूले थाहा पाउदैन थियो । रिसाएको बेला अनुहारको रंग मात्र हल्का परिवर्तन हुन्थ्यो । कहिलेकाहीँ कुनै कुरोमा साच्चै रिसाइन कि भनेर म डराएर ऊनी तिर हेर्थें। तर फेरी मुसुक्कै मुस्कुराएर अनुहारको रंग उज्यालो बनाउथिन ।
एक दिन हामी म,तारा, अमृता दिदि र ऊनी सिनेमा हेर्न जाँदै थियौं...