कांग्रेस राणनीतिः जसले मुख्यमन्त्री दिन्छ, उसैलाई समर्थन

कांग्रेस राणनीतिः जसले मुख्यमन्त्री दिन्छ, उसैलाई समर्थन
काठमाडौं । नेपाली कांग्रेसले नेकपाको समूहसँग सहकार्य गर्ने नयाँ रणनीति लिएको छ । प्रदेश सरकारमा आफूलाई जसले मुख्यमन्त्री दिन्छ, त्यही समूहसंग सहकार्य गर्ने रणनीतिमा कांग्रेस लागेको हो । प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेपछि नयाँ सत्ता समीकरणको पहल सुरु भएको हो । दुवै प्रदेशमा सरकार गठन गर्न कांग्रेसको समर्थन अनिवार्य देखिएको छ ।...

विप्लव समूहले राखेको बम डिस्पोज

विप्लव समूहले राखेको बम डिस्पोज
काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा विप्लव समूहले राखेको बम डिस्पोज गरिएको छ । बनेपाका बुडोलस्थित सडकमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम फेलापारी डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बिहान ३ बजेदेखि अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प पारेर बम खोज्ने कार्य सुरु गरेको थियो । बिहान ३ बजेदेखि ठप्प भएको र बम डिस्पोज भएपछि अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको ...

दाहाल–नेपाल समूहः शक्ति प्रदर्शनको सन्देश

दाहाल–नेपाल समूहः शक्ति प्रदर्शनको सन्देश
बबिता शर्मा काठमाडौँ — देशभरका कार्यकर्ता भेला पारेर नेकपाको दाहाल–नेपाल समूहले संघीय राजधानीमा शक्ति प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यतालिका हेरफेर गर्दै दाहाल–नेपाल समूहले शक्ति प्रदर्शनमार्फत विभिन्न शक्ति केन्द्रलाई सन्देश दिएको छ । पहिलो सन्देश सर्वोच्च अदालतलाई : प्रधानमन्त्री केपी ओलीले दुई वर्ष कार्यकाल बाँकी रहँदै पुस ५ मा संसद् विघटन गरेको कदमलाई नेकपाको दाहाल–नेपाल समूहल...

मुख्यमन्त्री शेरधन राईविरुद्ध सभा हलबाहिर विरोध प्रदर्शन

मुख्यमन्त्री शेरधन राईविरुद्ध सभा हलबाहिर विरोध प्रदर्शन
विराटनगर । प्रदेश १ सभाको बैठक चलिरहँदा नेकपा प्रचण्ड(माधव समूहका कार्यकर्ताले मुख्यमन्त्री शेरधन राईविरुद्ध सभा हलबाहिर विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा सो समूहले मुख्यमन्त्री शेरधन राईको राजीनामा मागेको छ । उनीहरूले संसद पुनस्स्थापनाको मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिनुपर्ने नारा लगाएका थिए । प्रदेशसभा परिसरभित्र र बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । ...

कांग्रेसले आज वडा वडामा प्रदर्शन गर्दै

कांग्रेसले आज वडा वडामा प्रदर्शन गर्दै
काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै छ । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । अब वडा स...

‘हिलो छ्याप्ने’ डरले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित हुने

‘हिलो छ्याप्ने’ डरले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित हुने
काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक औपचारिक रुपमा शुरुमात्रै भएर अनिश्चितकालका लागि स्थगित हुने भएको छ । विभाजित नेकपाका दुवै पक्षले एकले अर्कोलाई ‘हिलो छ्याप्न’ थालेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित हुने भएको हो । सभामुख प्रदिप भण्डारीले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ६ महिनाभित्र संसदको बैठक बस्नुपर्ने संवैधानिक व्यवस्थालाई जोगाउन प्रदेश प्रमुखको पत्रमात्र पढेर सुना...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाः कानुन व्यवसायीका लागि आधा घण्टा

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाः कानुन व्यवसायीका लागि आधा घण्टा
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासले कानुन व्यवसायीहरूका लागि समय निर्धारण गरेको छ । बहसका क्रममा अधिवक्ताले दिनभर समय लिन थालेपछि इजलासले समयसीमा तोकेको हो । बहस लम्बिने देखिएपछि सर्वोच्च अदालतको इजलासले सुनुवाइको चौथो दिन बुधबारदेखि समय निर्धारण गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुनुवाइमा सहभागी हुने कानुन व्यवसायीहरूका लागि आधा घण्टाको समय निर्ध...

संवैधानिक इजलासः अधिवक्तालाई समयको ख्याल गर्न न्यायाधीशको सुझाव

संवैधानिक इजलासः अधिवक्तालाई समयको ख्याल गर्न न्यायाधीशको सुझाव
काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा एक न्यायाधीशले अधिवक्तालाई समयको ख्याल गर्न सुझाव दिएका छन् । रिट निवेदकका तर्फबाट केवल दुई जनाले बहस गर्दा एक दिनको समय सकिएपछि न्यायाधीशले निर्वाचन भईसक्दा पनि बहस नसकिने अवस्था सिर्जना नहोस् भन्दै सुझाव दिएका हुन् । अधिवक्ता दीनमणि पोख्रेलले सोमबारको बहस सुरु गरेका थिए । उनको बहस ‘ब्रेक टाइम’ पछि पनि जारी रहेपछि न्यायाधी...

ओली तानाशाह बन्न खोजेः सिटौला

ओली तानाशाह बन्न खोजेः सिटौला
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्न खोजेको आरोप नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लगाएका छन् । प्रतिनिधि सभा विघटन गरेर ओली तानाशाह बन्न खोजेको उनको आरोप छ । गणेशमान सिंह तथा स्मृति प्रतिष्ठानले काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै नेता सिटौलाले संविधान विपरीतको कदम चाल्नेले निर्वाचन गरेर देशलाई ट्रयाकमा ल्याउने विश्वास आफूलाई नलागेको बताए । संविधानमै नभएको संसद व...

किसानहरुको वर्गीकरण गर्छौंः कृषिमन्त्री अर्याल

किसानहरुको वर्गीकरण गर्छौंः कृषिमन्त्री अर्याल
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानहरुको वर्गीकरण गरेर कृषि कार्यक्रमलाई वितरण गरिने बताएकी छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलाहरुसँग आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । पहिलो चरणमा किसानहरुको वर्गीकरण गरी किसान परिचयपत्र वितरण गरिने मन्त्री अर्यालको भनाई थियो । मन्त्री अर्यालले भनि...