नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक तीन बजे

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक तीन बजे
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बिहीबार पनि बस्दै छ । बुधबारको बैठकमा पेस भएका एजेण्डामाछि छलफल गर्न आज दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने छ । केन्द्रीय समितिको बुधबारको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरिएको थियो । यस्तै पार्टी महाधिवेशन र वर्तमान राष्ट्रिय राजनीतिका विषयमा पनि बैठकमा छलफल भइरहेको छ । काँग्रेसले १४ औ...

प्रतिनिधिसभा विघटन राजनीतिक नभई असंवैधानिक कदम

प्रतिनिधिसभा विघटन राजनीतिक नभई असंवैधानिक कदम
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी बहसमा एमिकस क्युरीका तर्फबाट बोल्दै वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक नभई असंवैधानिक कदम भएको जिकिर गरेका छन् । उनले सर्वोच्च अदालतले प्रतिनिधि विघटन असंवैधानिक नै भएको घोषणा गर्नुपर्नेमा जोड दिए । उनले भने– हामीले मानेको प्रणाली भनेको संसदीय सर्वोच्चता नभएर संविधानको सर्वोच्चता हो। संसदीय व्यवस्था हुनेबित्तिकै प्रधानमन्त्रीले संस...

भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान

भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान
काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका किशोरले घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका छन्। भागरथी अध्ययनरत दोगडाकेदारकै सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ पढ्ने १७ वर्षकै भट्ट थरका ती अभियुक्तले प्रहरीलाई बयान दिने क्रममा भनेका छन्, ‘भागरथी र मेरो परिवारबीच पहिलेदेखि घरायसी रिसिबी थियो। सोही कारण मैले उनको बलात्कारपछि घाँ...

गगनले भने, ‘कांग्रेस सेटिङको नभई संविधानको शासनका पक्षमा’

गगनले भने, ‘कांग्रेस सेटिङको नभई संविधानको शासनका पक्षमा’
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेस सेटिङको नभई संविधानको शासनका पक्षमा रहेको बताएका छन् । चितवनको भरतपुरस्थित चौबीसकोठीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले संसद विघटनको कदम असंवैधानिक भएकोले कांग्रेस आन्दोलनमा उत्रिएको बताए । संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने कुनै धारा नरहेको दाबी गर्दै नेता थापाले कांग्रेस र अदालतले हेर्ने संविधान एउटै भएको बताए ।...

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइमा निवेदकतर्फबाट जवाफी बहस सहियो

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइमा निवेदकतर्फबाट जवाफी बहस सहियो
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइमा निवेदकतर्फबाट जवाफी बहस आज सकिएको छ । आइतबार र सोमबार निवेदकको तर्फबाट १८ जना वकिलले जवाफी बहसमा भाग लिएका छन् । अब भोलिदेखि एमिकस क्युरी (अदालतको सहयोगी) मा रहेका पाँचजनाले आफ्नो कुरा राख्नेछन् । एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बार एसोसिएसनका तर्फबाट अध्यक्ष पूर्णमान ...

विरोध प्रदर्शनमा सहभागिताका लागि कांग्रेसको आग्रह

विरोध प्रदर्शनमा सहभागिताका लागि कांग्रेसको आग्रह
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका ७७ जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरिने विरोध प्रदर्शनमा सहभागिताका लागि सबैमा आग्रह गरेका छन् । उनले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस एकमतका साथ आन्दोलनमा रहेको स्पष्ट पार्दै पार्टीका सबै तहका सदस्यसँगै समस्त लोकतन्त्रवादीमा सोमबार प्रदर्शनमा सहभागी भएर ऐक्यबद्धता प्रकट गर्न अनुरोध गरेका छन् । विघटनविरुद्ध प...

कांग्रेसले भन्यो, ‘भागरथी बलात्कार घटना दुःखद र गम्भीर’

कांग्रेसले भन्यो, ‘भागरथी बलात्कार घटना दुःखद र गम्भीर’
काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्याको घटनालाई नेपाली कांग्रेसले दुःखद र गम्भीर रूपमा लिएको जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धान तीव्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । उक्त घटनामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दा...

राष्ट्रपति विद्यादेवी भण्डारीमाथि फेरि खनिइन् रामकुमारी

राष्ट्रपति विद्यादेवी भण्डारीमाथि फेरि खनिइन् रामकुमारी
काठमाडौं । नेकपा (नेपाल दाहाल पक्ष)की नेतृ रामकुमारी झाँक्री आज फेरि राष्ट्रपति विद्यादेवी भण्डारीमाथि खनिएकी छन् । पार्टीद्वारा राजधानीमा आयोजित विरोधसभामा बोल्दै नेतृ झाँक्रीले राष्ट्रपतिमाथि बोल्दा महिला अस्मिताको प्रश्न नआउने भन्दै आफूले गलत नबोलेको दावी गरिन् । झाँक्रीले भनिन्, ‘बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन । हामी बोल्न जन्मेका हौं । खड्ग प्रसाद ओली तानाशाह हुन् । उनको...

निष्पक्ष भएर काम गर्न अख्तियारलाई प्रधानमन्त्रीको निर्देशन

निष्पक्ष भएर काम गर्न अख्तियारलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्ष भएर काम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएका छन् । उनले राज्यका कुनै पनि निकायले सरकारको दबाव खेप्नुनपर्ने बताउँदै निष्पक्ष भएर काम गर्न निर्देशन दिएका हुन् । अख्तियारको ३० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैलाई भ्रष्टाचार गर्ने अवसरको वातावरण नै नबनाउनुपर्नेमा जोड दिए । ‘देशको भ...

दाहालले दिए सर्वोच्च अदालत र निर्वाचन आयोगलाई चेतावनी

दाहालले दिए सर्वोच्च अदालत र निर्वाचन आयोगलाई चेतावनी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले जनताको भावनामाथि खेलाची नगर्न सर्वोच्च अदालत र निर्वाचन आयोगलाई चेतावनी दिएका छन् । आज बुधबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री केपी ओलीले सत्ताको मातमा निर्वाचन आयोगलाई धम्की दिएको भन्दै त्यसलाई कुनै पनि हालतमा नमान्न पनि चेतावनी दिए । दाहालले आफूहरूसँग भएको ७० प्रतिशत...