एमाले रोजेका झपटबहादुर बोहरालाई निलम्बन गर्ने प्रक्रिया सुरु

एमाले रोजेका झपटबहादुर बोहरालाई निलम्बन गर्ने प्रक्रिया सुरु
काठमाडौं । माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशसभाका सदस्य झपटबहादुर बोहरालाई निलम्बन गर्ने प्रक्रिया सुरु गरेको छ । पार्टीको सुदूरपश्चिम संसदीय दलले बोहरा दलमा नरहेको जानकारीसहितको पत्र बिहीबार प्रदेशसभामा दर्ता गराएपछि उनी प्रदेशसभाबाट निलम्बन हुने प्रक्रिया सुरु भएको हो । सांसद बोहरा अछाम निर्वाचन क्षेत्र नम्बर १ को ९ख० बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् । यसअघि आर्थिक मामिला तथा योजन...

जनमोर्चाले फिर्ता लियो गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन

जनमोर्चाले फिर्ता लियो गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन
काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारमाथिको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् । केसीद्वारा जारी विज्ञप्तिमा केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिइसकेको सन्दर्भमा गण्डकी प्रदेश सरकारलाई समर्थन दिइराख्न जरुरी नदेखिएको उल्लेख छ । माओवाद...

‘लोकतन्त्रका योद्धा’ लाई सम्मान

‘लोकतन्त्रका योद्धा’ लाई सम्मान
काठमाडौं । बहिर्गमित पूर्वलडाकुसहित जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार र घाइते तथा अंगभंग भएका करिब साढे तीन सयलाई आज नेपालले सरकारका तर्फबाट ‘लोकतन्त्रका योद्धा’ का रूपमा सम्मान गर्दैछ । प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले दोसल्ला ओढाएर उनीहरूलाई प्रमाणपत्र दिन लागेका हुन् । काठमाडौं उपत्यकाबाहिरको हकमा प्रमुख जिल्ला अधिकार...

एमालेमा गएका चार सांसद पदमुक्त

एमालेमा गएका चार सांसद पदमुक्त
काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका प्रदेश(२ सभाका चार सांसद पदमुक्त भएका छन् । माओवादी केन्द्रबाट निर्वाचित सांसदहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरले एमालेमै बस्ने अडान लिएपछि माओवादीले उनीहरुलाई कारवाही गरेको हो । झण्डै ६ महिनापछि बसेको प्रदेश २ सभा बैठकमा सभामुख सरोजकुमार यादवले नेकपा माओवादी केन्द्रले चार सांसदलाई पदमुक्त गरेको पत्र...

माओवादीका चारजना प्रदेशसभा सदस्य एमालेमै रहने, प्रचण्ड निरास

माओवादीका चारजना प्रदेशसभा सदस्य एमालेमै रहने, प्रचण्ड निरास
काठमाडौं । नेकपा विभाजनको बेला केपी ओलीलाई साथ दिएका माओवादीका चारजना प्रदेशसभा सदस्य एमालेमै रहने भएका छन् । माओवादी संसदीय दलका नेता नै एमालेतिर लागेपछि पार्टीले चारैजनालाई कारवाही प्रक्रिया अघि बढाएको छ । एमालेमा लाग्ने चारमध्ये तीनजना प्रत्यक्ष निर्वाचित छन् । रामचन्द्र मण्डल धनुषा १ को (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । बारा क्षेत्र नम्बर ३ को (क) बाट निर्वाचित ज्वालाकुमारी साह र रौतहट ...

कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न नसकिने जसपाको निष्कर्ष

कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न नसकिने जसपाको निष्कर्ष
काठमाडौं । नयाँ सत्ता समिकरणका लागि महत्वपूर्ण मानिएको जनता समाजवादी पार्टी ९जसपा०ले सरकारका विषयमा निर्णय गरेको छ । लामो समयपछि सरकार विषयमा छलफल गर्न बसेका जसपाका शिर्ष नेताले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न नसकिने निष्कर्ष निकालेको हो । आइतवार बसेको जसपा पदाधिकारीको बैठकमा बहुसंख्यक सदस्यहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव नभएको बताएका थिए । माओवादीले कांग्रेसको नेतृत्वमा सरकार बन...

न्युयोर्क सीटी काउन्सिल उमेदवार एण्डी चेनले अमेरिकी नेपालीहरुको मन जित्दै

न्युयोर्क सीटी काउन्सिल उमेदवार एण्डी चेनले अमेरिकी नेपालीहरुको मन जित्दै
न्युयोर्क , अमेरिका । गुगलमा प्रस्तुत तथ्यांक अनुसार सन १९७४ मा अमेरिकी नेपालीको जनसंख्या ५६ थियो र यही वर्ष नेपाली समुदायलाई पनि अमेरिकामा अस्तित्वमा रहेको एउटा छुट्टै जातीय समुहको रूपमा सरकारले मान्यता दिएको थियो । अमेरिकामा नेपालीको  कुल जनसंख्या १८२,३८५ रहेको छ। अहिले अमेरिकाको विभिन्न मेट्रोपोलिटन शहरमा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेकोछ। अमेरिकी समाजको विभिन्न अवयबमा नेपाली समुदाय...

अब नयाँ सरकार गठन गरेर अगाडि बढ्ने प्रचण्डको भनाइ

अब नयाँ सरकार गठन गरेर अगाडि बढ्ने प्रचण्डको भनाइ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार धेरै दिन नचल्ने बताउनुभएको छ । काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् भेलालाई सम्बोधन गर्दै उहाँले ओली नेतृत्वको वर्तमान सरकार धेरै दिन नचल्ने र केही दिनभित्रै नयाँ सरकार बन्ने बताउनुभएको हो । प्रचण्डले परिस्थिति असहज भएपनि नयाँ सरकार गठन गरेर अगाडि बढ्ने वातावरण बनिरहेको बताउनुभयो । सरकार...

संवैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयासविरुद्ध कांग्रेस उभिनुपर्छः थापा

संवैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयासविरुद्ध कांग्रेस उभिनुपर्छः थापा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले देशका संवैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयासविरुद्ध कांग्रेस बलियो ढंगले उभिनुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन संघको आज काठमाडौंमा आयोजित राष्ट्रिय भेला तथा विधान अधिवेशन कार्यक्रममा बोल्दै नेता थापाले देश बलियो बनाउने भन्दा आफू बलियो बन्ने गलत दर्शनबाट प्रभावित भएर प्रधानमन्त्री केपी शर्मा ओली अघि बढिरहेको आरोप लगाउँदै त्यसविरु...

सांसद पद खारेज गरिदिएका चार मन्त्रीको पुनर्नियुक्ति

सांसद पद खारेज गरिदिएका चार मन्त्रीको पुनर्नियुक्ति
काठमाडौं । माओवादी केन्द्रले संयुक्त गठबन्धनबाट लडेर चुनाव जितेकाको सांसद पद खारेज गरिदिएका चार मन्त्रीले पुनर्नियुक्ति पाएका छन् । पुनर्नियुक्ति भएसँगै उनीहरूले आज अपरान्ह ५ बजे शपथ लिएका हुन् । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई राष्ट्रपति व...