मासिक धर्मप्रतिको अन्धविश्वास र पीडित किशोरीहरुको अवस्था
पोखरा महानगरपालिका वडा नं १४ कि १४ वर्षीय दिपिका भण्डारीलाइ हरेक महिनाको मसान्त शुरु भएपछि मानसिक तनाव हुन थाल्छ । कारण हो महिनावारी । एक वर्ष अघि रजस्ववाला शुरु भएदेखिकै नियमित तनाव हो यो उनको । उनि भन्छिन – टेन्सनले होला मेरो एक्ज्याममा स्कोर पहिलेको वर्ष भन्दा कम भयो । महिनावारी भएका बेला आँफु सुतेको विस्तारामा सुत्न नपाउनु र परिवारसँग सँगै बसेर माम खान नपाउनु उनको सबैभन्दा ठूलो तनाबको विषय हो ...