यात्रा प्रतिबन्ध खुकुलो भएपछि हङकङ नागरिकहरु घर फर्कन थाले,सबै होटल अगस्टको अन्तसम्म बुक
१० अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङ सरकारले उच्च , मध्यम र न्यून जोखिमयुक्त स्थानमा रहेका हङकङ रेसिडेन्ट र पर्यटकको लागि हङकङ आगमनको द्वार खुल्ला अगस्ट ९ तारिखबाट गरेपछि हङकङका सम्पूर्ण क्वारेन्टाइन होटलहरु यो महीनाको अन्त सम्मको लागि पुरै बुक भएकाछन।
पहिलो दिन अर्थात अगस्ट ९ तारीखका दिन ९ वटा फ्लाइट उच्च जोखिमयुक्त देश युके,इन्डिया ,फिलिपिन्स र इन्डोनेसियाबाट हङकङमा अवतरण भएकाछ्न।...