नोभेम्बर १७ बाट हङकङको कोभिड नियम थप नरम,२०२३ को गर्मी याममा सबै नर्मल हुने,८,०५२ वटा नयाँ केस थपिए
क्रान्ति सुब्बा
हङकङ सरकारले खुकुलो पारेका नयाँ नियमहरु
हङकङ सरकारले नोभेम्बर १७ तारीख बिहीबारदेखि थिम पार्क, हेयर सैलुन, म्युजियम ,गेम सेन्टर ,धार्मिक स्थल आदि ठाउँहरूमा सक्रिय अनुगमनको सट्टा निष्क्रिय अनुगमन मात्र जारी राख्ने भएको छ।निष्क्रिय अनुगमन भनेको नियमन गरेको स्थलमा छिर्न पुर्व अनिवार्य रूपमा भ्याक्सिन पास वा भ्याक्सिन छुटको प्रमाणपत्र देखाउनु पर्दैन तर सेवाग्राहीले खोपको त...