किरात राई मुन्दुममा सृष्टि चिन्तन — डा. भक्त राई
विषय परिचय
किरात राई जातिको सांस्कृतिक आधार मुन्दुम हो । मुन्दुम किरातीको जीवन भोगाइको सार हो भने मुन्दुममा आधारित वा मुन्दुमद्वारा निःसृत परम्परागत जीवनशैली नै किरातीहरुको मौलिक संस्कृति हो । मौखिक एवम श्रुतिपरम्परामा एक मुखबाट अर्को मुख, एक समाजबाट अर्को समाज र एक पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण हुँदै आएको मुन्दुमभित्र किरातीहरुको इतिहास, भूगोल, कला, साहित्य, दर्शन, चिन्तन तथा सामाजिक मूल्...