डोटी घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन प्रहारको माग
धनगढी । आमाछोरीलाई जिउँदै जलाएर हत्या प्रयास गर्ने दोषीलाई तत्काल पक्राउ गरी कानुनको दायरामा ल्याउन महिला हिंसाविरुद्ध क्रियाशील संस्था प्रहारले माग गरेको छ ।
डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाट र उनकी दुई वर्षकी छोरी अन्जुमाथि प्रज्वलनशील पदार्थ फालेर हत्या प्रयास गरिएको घटनाप्रति प्रहारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहारले घटनामा संलग्नलाई पक्राउ ग...