नेपालका सर्वपृय कलाकार राई इज किङ राजेश पायल राईको अमेरिकी सांगेतिक यात्रा विशेष चर्चा परिचर्चा र वादविवादका साथ समाप्त भएको थियो । राई जस्तो शिर्ष कलाकार माथि गीत गाइरहेको अवस्थामा एक अमेरिकी नेपालीबाट नै असभ्य व्यवहार भएको विषयले केहि समय सम्म बिशेष चर्चा पाएको थियो । यो घटनाले एउटा स्थापित र प्रसिद्ध व्यक्तित्व कलाकारको सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिनु पर्ने दह्रो संदेश गएको छ।
![](https://www.hongkongkhabar.com/wp-content/uploads/2022/01/received_6551737758987231583592453221472732.jpeg)
धेरै नेपाली मिडियाले यस काण्डलाई गम्भीरताका साथ स्थान दिएका थिए। १५० वटा जस्तो नयाँ युट्युव च्यानल त उनकै समाचार संप्रेसण गरेका कारण मनिटाइज भएको कुरा स्वयं राइले ऋषि धमलासंगको वार्तामा बताएका थिए । जेहोस आयोजकले तत्कालै पायल माथि असभ्य व्यवहार गर्ने व्यक्तिलाई सार्वजनिक रूपमा राजेश पायल राइको ढलेको शिरलाई सार्वजनिक रूपमै माफी माग्दै उठाउन लगाए। राइले पनि सार्वजनिक रूपमा माफ दिएर आफ्नो उद्वारता र महानतालाइ प्रकट गरेका थिए ।
![](https://www.hongkongkhabar.com/wp-content/uploads/2022/01/received_6041779708721426815532656349807522.jpeg)
कार्यक्रमको सफल समापन पश्चात मुल आयोजक बुद्ध ट्याक्सलाई विभिन्न ढङ्गबाट सहयोग पुर्याउने व्यक्तिहरुलाई व्यवस्थापक पशुपति श्रेष्ठले धन्यवाद दिएका छ्न। अमेरिका न्युयोर्क निवासी समाजसेवीहरु प्रेम गुरुङ , केशव राम राई,अन्जिता गुरुङ, अन्जन श्रेष्ठ , सुन्दर महर्जन , सुमन थाम्सुहाङले कार्यक्रमलाई विभिन्न तरिकाले सहयोग गरेका थिए ।
न्युयोर्कको जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा
बुद्ध ट्याक्सले नयाँ वर्षको पुर्वसन्ध्यामा राई इज किङलाई विभिन्न संघसंस्थाका प्रतिनिधि तथा संचारकर्मीका साथमा भब्य स्वागत गरेका थिए ।
![](https://www.hongkongkhabar.com/wp-content/uploads/2022/01/received_10058144400538345931414672720598576.jpeg)
नयाँ वर्षको दिन न्युयोर्कमा आयोजित उक्त एकल सांगेतिक कार्यक्रममा नेपालीहरुको बाक्लो उपस्थिति रहेकोे थियो । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषाका शब्दहरु नेपाली गीतमा लाउने खुबी भएका राइले करिब ४० वटा आफ्नै गीत गाएर निरन्तर चार घन्टा दर्शकलाई मनोरञ्जन दिएका थिए । कार्यक्रम भएको करिब एक घन्टा बितेपछि एकजना नेपालीले स्टेज मै चढेर राइलाइ अपृय तरिकाले अंगालोमा बाँधेका थिए । अंगालोबाट मुक्त भएपछि राइले अरु तीन घण्टा भन्दा प्रस्तुति दिएका थिए । दिम्सारो, हौवा हौ जस्ता राई भाषाका शब्द सारा नेपालीको ओठबाट प्रस्फुटन गर्न लाएर सबै जातिको समान पहिचान हुन्छ भन्ने सन्देश दिने राइको कार्यक्रम काेराेना कहरका कारण रोकिन खोजेको थियो । तर आयोजक बुद्ध ट्याक्स एन्ड एकाउन्टिङ कम्पनीले जोखिम मोलेर राइलाइ अमेरिका झिकाए।
सो सांगीतिक कार्यक्रमको संचालन सागरिका श्रेष्ठ र किरात याक्थुम चुम्लुङका अध्यक्ष सुमन लिम्बूले गरेका थिए ।
विभिन्न भुमिकामा साथ दिने व्यक्तिहरुको नाम हुन: अर्मानी महर्जन , ममता राई,संयमिता श्रेष्ठ ,आदित्य लामा,प्रज्ञान दिक्षित,बिक्रम श्रेष्ठ ,सरोज हिराचन,सुमित श्रेष्ठ ,बिकि गुरुङ ,दिपेश गुरुङ ,टासी लामा,सिर्जना लामा,सुरेखा लामा,शुरेस पुन, सुनिल मगर,इन्कार मगर,निशा राजभण्डारी , धनकासी गुरुङ , संजोग आचार्य ,उमा तामाङ ,राजेन्द्र राई,शंकार बिजुक्छे,अनिल महर्जन ,हित तामाङ , सुन्दर महर्जन ,कपिल भट्ट ,डिजे जाङबो,अंकुर लुइँटेल , किरण मरहट्ठा,शान्ति राज राई ,विकि पुलामी ।
![](https://www.hongkongkhabar.com/wp-content/uploads/2022/01/received_6355317677682811945244293584936541.jpeg)
न्युयोर्कको कार्यक्रम सकिएपछि राई इज किङ न्युहाम्शायर (Newhampshire) का नेपालीहरुलाई भेटन गएका थिए । त्यहाँ राईहरुकाे संस्था युनाइटेड किराँत अर्गनाइजेसन अफ अमेरिका न्युइङल्यान्ड च्याप्टरका सभापति मुक्ति नारायण राईकाे नेतृत्वमा शिर उठाउने कार्यक्रम भएको थियो। कार्यक्रममा संस्थाको सभापति राईले बहुभाषिक गायकलाई खादा ओडाएर सम्मान गरेका थिए। संस्थापक अध्यक्ष तथा फिप्ना(Fipna) र एनआरएनए (Nrna) का पुर्ब सभापति शिव कुमारले फेटा लगाइ दिएर शिर उभाउनि साथै स्वागत गरेका थिए । त्यसैगरी संस्थाका कानुनी संल्लाहकार सुरेस चाम्लिङ राईले सिर उभाउनि फेटामा सिउडी दिएका थिए। करिब आठ हजार थान गीत रेकर्ड गराइसकेका राइलाइ अन्य सबैले खादा मालाले स्वागत गरेका थिए भने राई इज किङ स्वयंले केक काटेर सबैलाई खुवाएका थिए । कार्यक्रम न्युइंग्ल्यान्ड च्याप्टरका सभापति सेखर राईले संचालन गरेका थिए ।
![](https://www.hongkongkhabar.com/wp-content/uploads/2022/01/received_10523426855600453565029943354411414.jpeg)
अमेरिकामा राज्य स्तरबाट सुरक्षागार्ड प्राप्त गर्ने पहिलो नेपाली व्यक्ति राजेश पायल नै हुन। त्यसपछि राई इज किङ भुटानी कम्युनिटीको पहलमा रोचेस्टर सिटि पुगेका थिए । रोचेस्टर सिटिलाइ राई इज किङ शहर भन्दा पनि हुन्छ किनकि प्रत्येक वर्षको नोभेम्बर ५ तारीख राज्य स्तरबाट राई इज किङ दिवस मनाइन्छ। तत्कालीन मेयर लोबिल वारेनको टिमले सन २०१७ सालमा राई दिवस मनाउने निर्णय गरेको हो। करिब ८५० वटा नेपाली चलचित्र अहिलेसम्म बनिएका छ्न जसमा ६०० वटा चलचित्रमा राजेश पायलले गाएका छन। अर्थात चलचित्र जगतको ८० प्रतिशत गीत उनले गाएका छ्न। २,००० वटा जति त चलचित्रका गीत उनले गाएका छ्न। नेपाली संगीत उद्योगमा मेगास्टार राइले पुर्याएको योगदानलाई कदर गर्दै “इन्टरनेसनल पपस्टार” को टाइटल पनि रोचेस्टर सिटिले दिएको थियो ।
![](https://www.hongkongkhabar.com/wp-content/uploads/2022/01/received_9511617891200951402694238354062800.jpeg)
![](https://www.hongkongkhabar.com/wp-content/uploads/2022/01/received_9713642971278458713856737851694669.jpeg)
राई इज किङले जनवरी ११ तारीख अमेरिका छोडदा अमेरिकी नेपाली मात्र होइन अरु राष्ट्रियताका नागरिकहरु पनि विदाइ गर्न आएका थिए । राई इज किङलाई नेपाल अवतरण हुँदा पनि उत्तिकै भव्यताका साथ स्वागत गरिएको थियो । खोटाङ कलाकार संघको पहल र सामाजिक अभियन्ता पिके बाङदेलकाे संयोजकत्वमा राई इज किङलाई स्वागत गरिएको थियो । सह संयोजक राेमन फुयाल र अन्यमा सुबि राई ,रक्ष कुमार राई, पृथ्वी राई, गणेश इशारा, गायिका पार्वती राई, संम्पदा याेङहाङ लिम्बूको टोलिले राजेश पायल राइलाइ नारा जुलुसका साथ घर सम्म नै एस्कर्ट गरेर पुरयाएका थिए ।