रमेश के.सी.
साहिन भट्ट प्रसिद्ध भारतीय चलचित्र निर्देशक महेश भट्टकी माइली छोरी हुन । उनी विगत दुई दशक देखि अवषाद अर्थात म्यानिक डिप्रेसनबाट पिडीत छिन । यो प्रचलित मानसिक रोगबाट संसारमा सबै भन्दा धेरै भारतीयहरु पीडित छन । संसारमा प्रतिशतको हिसाबले सबै भन्दा बढी मानसिक रोगबाट आत्महत्या गर्ने पनि भारतीयहरु रहेको विश्व स्वास्थ्य संगठनको रिपोर्टले भन्छ । तिनै मध्ये कि एक साहिन भट्ट हुन ।
अर्थ र सारांश जस्ता प्रसिद्ध चलचित्रहरुका निर्देशक महेश भट्टकि छोरी हुनको सुविधा मात्र होइन कि वर्तमान बलिउडको सफल एवं चर्चित नायिका आलिया भट्टको दिदि हुनको लाभ उनलाई छ । स्क्रीप्ट लेखकबाट पेशागत जीवन शुरु गर्दागर्दै यस मानसिक रोगबाट पीडित साहिन भट्टको किताब “आई ह्याभ नेभर वीन अनहेप्पीयर” ले एक सेलिब्रीटी परिवारकि सुविधा सम्पन्न नारीको नीजात्मक अनुभूतीलाई लिपीबद्ध गरेको छ । करिब १३ वर्षको उमेरदेखि डिप्रेसनबाट पीडित उनी अठार वर्ष पुग्दा मात्र यस रोगबाट पीडित भएको प्रमाण मिल्दछ ।
डिप्रेसन आधुनिक सभ्यताको उपज मानिएता पनि प्राचीनकालबाट मानव जीवनमा यस रोगको उपस्थिति देखिन्छ । मानसिक रोग मुलत जैवरासायनिक कारणले हुन्छ । तर सामाजिक, पारिवारिक र वातावरणीय प्रभाव पनि यसको कारण बन्दछ ।
बारम्बार आत्महत्याको सोचबाट पीडित साहिनले त्यस्तो गर्ने प्रयत्न नगरेकी पनि होइनन । यस आत्मकथामा उनि डिप्रेसनको इतिहास, चरित्र र कारणबारे पनि चर्चा गर्छिन । एक्लोपन, खालीपन, निराश, चीन्ता र द्विवीधा जस्ता मानसिक अवस्थाबाट कसरी गुज्रीनु परयो भन्ने विवरण दिन्छिन ।
साहिन भट्ट बाल्यकालबाटै अलि अमिल्दो मानसीकताबाट पीडीत भएको कथा बुन्छिन । तर रोगसंग लडने साहस र जीवनलाई निरन्तरता दिने प्रण पनि उनमा रहेको देखिन्छ । मानसिक रोगबारे विभिन्न सामाग्रीहरुको सन्दर्भ दिई लेखिएको यो पुस्तकले विशेष गरेर डिप्रेसन पीडितको मस्तिष्क बुझ्न मद्धत गर्दछ ।
समाजमा अधिकांश मानिसहरु मानसिक रोगबारे कुरा गर्न र सुन्न चाहिदैनन तर साहिनले आफ्नो परिवारको परिवेश र रोगले उत्पन्न गरेको कठीन जीवनको बेलिबिस्तार लगाएकी छिन । मानसिक रोग चर्चित विषय मानिएता पनि यसलाई आफ्नो जीवनको अंङ्ग मानेर उनले आत्म स्वीकृति दिएकी छिन । उनी मानसिक रोगी भएपनि एउटा सामान्य मानिसको जीवन जीएको दाबी गर्छिन । तर एक शिक्षित नारी र व्यवसायिकरुपले सम्पन्न परिवारकी भएर उनले जुन पुस्तक लेख्न सफल भईन त्यो प्रशंसा योग्य भए पनि भारतमा मानसिक रोगीहरुको कथा असंख्य र अनन्त छन ।
आर्थिक अभाव, समाजबाट तिरस्कार र पारिवारिक वेवास्ताबाट गुज्रेका अनेकौं कथाले भरिएको छ । यी मानसिक रोगीहरुको जीवन मनोरोग साहित्यमा एउटा योगदान भएको यो पुस्तक एक सेलीब्रेटी परिवारको आत्मीय कथा हो ।
त्यस्तै अर्की नायिक दिपीका पादुकोणको डिप्रेसनलाई पनि भारतीय सञ्चार माध्यमहरुमा चर्चा गरिएको थियो । सेलीब्रेटीको कथा मीडीयाले भने पनि असंख्य मानिसहरुको रोगको कथा भने भारत मै सुनिएको छैन।
उनी आफ्नो रोगमाथिको भावना अभिव्यक्त गर्न र बौद्धिक विमर्श गर्न सक्षम छिन । यस पुस्तकबाट साहिन जस्तै अनेकौं रोगीहरुको भावना सफासंग व्यक्त भएको छ भने रोगसँग लडेर बाँच्न चाहनेहरुलाई ऐक्यवद्धता जाहेर गरेको छ ।
पुस्तक : आई ह्याभ नेभर विन अनहेप्पीयर
लेखिका : साहिन भट्ट
पेज : १६३
मुल्य : ४०० ने.रु.