डीएगो कछुवामा संचित अपुर्व यौन उर्जाका कारण बडेमान आकारको कछुवा गालापागोस टापुबाट लोप हुने अवस्थाबाट बचेको कथा चाखलाग्दो छ।
गालापागोस टापुलाई सर्वप्रथम स्पेनी अन्वेषकले सन १५३५ मा पत्ता लगाएका हुन। सन १५७० मा कोरिएको मानचित्रमा यसको नाम स्पेनी भाषामा इन्सुलाए डि लस गालोपेगोस भनेर राखिएको थियो जसको अर्थ हो कछुवाहरुको टापू ।
१९ वटा द्विप समूह मिलेर बनेको गालापगोस द्विपपुन्ज मुलभुमी इकुएडरबाट ६०० माइल टाढा बसेकोछ जहाँ ९,००० प्रजातिका मौलिक जीवजन्तू तथा वनस्पति मौलाएर बसेका छ्न।
यिनै द्विपको स्थलगत अध्ययनमा आएपछि चार्ल्स डार्विनलाई ओरिजन अफ स्पेसिस बाइ मिन्स अफ नेचुरल सेलेक्सन अर्थात प्राकृतिक चुनावद्वारा जिवको उत्पत्ति र बिकास पुस्तक लेख्ने प्रेरणा मिलेको थियोे ।
डिएगो हुड द्विपमा बस्ने एक भिमकाय कछुवाको नाम हो। हुड द्विपको पहिलो नाम एस्पानोला द्विप हो जसलाई पछि अंग्रेजले भिस्काउन्ट सामुएल हुड( १७२४-१८१६) को सम्झनामा हुड द्विप भनिदियो। यही हुड द्विपमा सय वर्ष अघि जन्मिएका डिएगोलाई नव वयस्क अबस्थामा समातेर सन १९३० को दशकमा अमेरिकाको चिडियाखानामा लगिएको थियोे । सन १९४० को दशकको अन्त तिर उनलाई क्यालिफोर्नियाको सन डिएगो चिडियाखानामा वैज्ञानिक अध्ययनको लागि सारियो। त्यसबेला सम्म यी प्रजातिका कछुवा माथि खोज भएको थिएन । तीस वर्षपछि सन १९७६ मा उनलाई गालापागोस द्विपपुन्जको सान्ता क्रुज द्विपमा फर्काएर लगियो। जहाँ उनको चार दशक लामो कामकृडायुक्त जीवन शुरु भयो।
४४ वर्ष लामो यौनकर्मले भरिएको जीवन शुरु हुन अघि यो जातिको केवल १४ वटा कछुवा ( २ पुरुष र १२ स्त्री )मात्र पृथ्वी बाकी रहेका थिए ।गालापागोस द्विपमा रहेका रैथाने डिएगो प्रजाति(chelonoidis hoodensis) का थुप्रै कछुवा मध्ये यो डिएगो एक हो। कतिपय त लोप भैसके।
सन १९६० को दशकमा कछुवाको सङख्या बढाउन बनाइएको योजनामा डीएगोलाई यसरी सामेल गराइएको थियो । १४ वटा मात्र बाकी रहेको यस प्रजातिको कछुवाको जनसंख्या अहिले २,००० भन्दा बढी भएकोछ। यस मध्येमा ४० प्रतिशत संख्या अर्थात ८०० वटाको पिता चाहिँ यहि डिएगो हुन। मिडिया स्टार बनेका डिएगो सक्रिय यौन जीवनबाट गत वर्ष अर्थात २०२० सालमा सेवा निवृत्त भएका छ्न। उनलाई आफ्नै प्राकृतिक जन्मथलो एस्पानोला द्विपमा छोडिएको छ।