मिना श्रेष्ठ
“माधवमाथी आँखा लगाउनेको हातखुट्टा भाचिन्छ” भनेछन एउटा प्रीय भाइले । भाइ ! म त आँखा लाउदिन होइन नेता नै मान्दिन ।
माधव कमरेड अस्ति जुन दिन अदालतबाट देउवाजीलाइ सत्ता सुम्पिन निर्णय गराउनु भयो नि, त्यो निर्णय सुने देखी म चाहिँ कमरेड माधव नेपाललाइ मेरो पार्टीको नेता मान्दिन , म बाँचुन्जेल नेतृत्व भनेर स्वीकार गर्दिन , जे जे पर्ला, त्यो बेलामा सबै बेहोरुँला।
मैले कैलाली बसाइँ हुदा ०५४ सालको एउटा घटना देखि वहाँ लाइ खुब धेरै सम्मान गर्थेँ , मान्थेँ १४ वर्ष महासचिव हुनुभएकोले महासचिव कमरेड भनेर सम्बोधन गरिन्थ्यो । समयसंगै तपाईंले आफ्नो सम्मान आफैले मधुरो बनाउनु भयो अब त अत्ति भयो ।
पार्टी भित्र इगो अर्थात जुँगाको लडाइँमा हाम्रो पार्टीको वरिष्ठ नेता भन्ने अनि देउवाजिले प्रधानमन्त्री हुन्न भन्दा पनि कर लाउदै फकाउदै प्रधानमन्त्री बनाउन जबर्जस्त भुमिका खेल्नु भयो , माधव कमरेड जसले जे भनुन तपाईं मेरो नजरमा राजनीतिक अपराधी हो ,अहिले को भुमिका त झन ? ? ?
तपाईंहरुले राजनीतिलाई अपराधीकरणतिर लैजादै हुनु हुन्छ । विजयकुमार गच्छदारको उन्मुक्ति र अफताव आलमको रिहाईको प्रसंगले फेरि जनतामा आतंकको अवस्था सिर्जना भएको छ । सुशासन, शान्ति र अमनचैन भत्काउन खोज्दै हुनुन्छ । आम कार्यकर्ता र आम जनताले तपाईंको भुमिकाको मूल्याकंन चाडै नै गर्नेछन।
तपाईंलाइ नेता नमाने बापत केहि प्राप्ति हुदैन भने पनि मेरो निष्ठाको राजनितिलाइ कुनै फरक पर्ने छैन , म कहिल्यै अन्तर्घाती र राजनितिक अपराधी बन्न सक्दिन ! ! !