सेक्रेड साइट (Sacred site) काे भावार्थ पवित्र स्थल अथवा आस्थाकाे केन्द्र हाे । आदिवासीहरू जाे निश्चित ठाउँ वा क्षेत्रमा बसाेबास गर्दछन्, उनीहरूकाे अध्यात्मिक आस्था र विश्वासकाे केन्द्र पनि साेही ठाउँ वा क्षेत्रकाे डाँडा, ढुङ्गाे, दुवाेहरूमा हुने गर्दछ । प्रकृतिलाई मान्ने, पुज्ने भएकाले प्रायः आदिवासीहरूले ती ठाउँहरुमा मन्दिर, चैत्यहरू जस्ता संरचना निर्माण गर्दैनन् । तर उनीहरूका अध्यात्मिक गुरूहरूले पत्ता लगाएका, माैखिक वा लिखित रूपमा भन्दै, पुज्दै, मान्दै ल्याएकाे ठाउँलाई भने पुज्ने गर्दछ्न ।
सत्य वचन, सत्य कर्म नै धर्म हाे भनेर अध्यात्मिक गुरूहरूले भने पनि पछिल्लाे समयमा धर्मलाई कुनै जाति वा सम्प्रदायसँग जाेडेर राज्य सञ्चालन गर्ने माध्यम बनाए । पश्चिमा मुलुकहरुमा धर्म गुरूहरुले नै शासन गर्थे । भारत र नेपालमा हिन्दु धर्मलाई आधार मानेर संविधान, नियम बनाउने र शासन गर्ने मनोविज्ञानको प्रत्यक्ष प्रभाव व्यापक छ ।
संसारकाे विभिन्न देशहरूमा स-सानाे समूहमा रहेका आदिवासीहरू प्रायः सबै नै सत्ताबाट बाहिर छन् । त्यहाँका शासकहरुले शासन सत्ता हातमा लिइराख्नका लागि ती समुदायका मानसिकता क्याप्चर गर्न उनीहरूकाे अध्यात्मिक र सांस्कृतिक केन्द्रहरुलाई कानुन नै बनाएर तहसनहस गर्ने, भत्काउने काम गरेका छन् ।
प्रजातान्त्रिक शासन व्यवस्था भएका देशहरुमा आफ्नाे आस्थाकाे केन्द्रलाई पुनः दाबी गर्दै आदिवासीहरुले त्याे ठाउँ हाम्राे पवित्र स्थल हाे भनेर घाेषणा गर्ने गरेका छन् । त्याे देश निर्माण हुनुभन्दा अगाडिदेखि मान्दै, पुज्दै आएकाे ठाउँलाई सत्ताले बन्दुक देखाएर जबर्जस्ती विस्थापित गरेकाे र लामाे समयपछि स्थापित गरिरहेका छन् । मुक्कुमलुङमाको हकमा पनि त्यस्तै भएकाे हाे ।
कथित पाथिभराकाे सन्दर्भमा याक्थुङ (लिम्बू)हरूले नेपाल भन्ने देश निर्माण हुनुभन्दा धेरै अगाडिदेखि अध्यात्मिक शक्ति भएकाे डाँडा मुक्कुमलुङ (सेमुक्ति मुक्ति बुङ, सेमुक्ति काेक्मा, सेगप्तुलुङ …) भन्दै आएका थिए । पृथ्वीनारायण शाहकाे राज्यविस्तार सँगै अन्य समुदायकाे त्याे ठाउँमा बसाेवास हुन थाल्याे । जुन इतिहास २५० वर्ष भन्दा बढी भएकाे छैन । करिब १६० वर्ष भन्दा अगाडि याक्थुङहरूले याक्थुङ भाषा मात्र बाल्थे ।
हिन्दु धर्मशास्त्रसँग कुनै साइनाे नजाेडिएकाे मुक्कुमलुङ्मा याक्थुङ (लिम्बू)हरूकाे आस्थाकाे धराेहरलाई भत्काउने, बिगारेर हिन्दु धर्मकाे वर्चश्व कायम गर्न अतिक्रमण गरे । अब याक्थुङ (लिम्बू) जागरुक व्यक्तित्वहरु, सराेकारवाला संघसस्थाहरू, राजनीतिक दलहरू, युवायुवतीहरुकाे सक्रियतामा याक्थुङहरूकाे विरासत कायम गर्न मुक्कुमलुङ सेक्रेड साइट(Sacred Site) घाेषणा भएकाे हाे ।
सेक्रेड साइट (Sacred Site) घाेषणा गर्नु भनेकाे त्याे ठाउँ याक्थुङहरुले आफ्नाे परम्परा अनुसार पुजाआजा गर्ने, संरक्षण र प्रवर्दन आफैले गर्ने भन्ने हाे । यसपछि हिन्दुहरुकाे अतिक्रमणलाई विस्थापित गर्ने र आफ्नाे स्थापित गर्ने भन्ने हुन्छ । अब त्यहाँकाे हिन्दुकृत गर्ने पुजारीहरू, मुर्तीहरू हटाउने काम गर्नुपर्ने हुन्छ ।
मुक्कुमलुङ/मुक्कुमलुङ्मा, सेमुक्ति मुक्ति बुङ, सेमुक्ति गाेक्मा, सेमुक्ति फाेमाङ … लगायतका नामाकरणमा जुन याक्थुङ लिम्बूहरूबीच जाे विवाद छ त्यस विषयमा विदहरुको अन्तरक्रियाबाट निष्कर्ष निकाल्न उचित हुन्छ
कथित पाथिभराकाे धेरै नामहरू भएकाे सत्य हाे । जे भए पनि याक्थुङ लिम्बू भाषामा अर्थ लाग्ने माैलिक हुनुपर्छ । नामाकरण पनि मुख्य विषय छँदैछ, त्याे भन्दा कैयाै गुणामाथि उत्रेर सेक्रेड साइट (Sacred Site ) घाेषणा भएकाे छ । यसकाे कार्यान्वयनमा सबै पक्ष जुट्नु अहिलेकाे आवश्यकता हाे ।