१२ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वास्थ बिभागले जनाए अनुसार साइनोभ्याक कोरोनाभाइरस भ्याक्सिन लगाएपछि हङकङमा  पहिलो चोटि एक जना ६९ वर्षका पुरुषलाई बेल्स पाल्सी भएको छ। बेल पाल्सीलाई अनुहारको पक्षघात ( facial paralysis) पनि भनिन्छ ।
यो रोग लाग्दा अनुहारको आधा पाटा केहि समयको लागि नचल्ने हुन्छ । अनुहारको मांसपेशी चलाउने स्नायुमा जलन हुँदा , सुन्निदा यस्तो लक्षण देखा पर्ने गर्दछ।

उक्त पुरुष उच्च रक्तचापको रोगी भएको बताइएकोछ। कजवे बेको हङकङ सेन्ट्रल लाइब्रेरी खोप केन्द्रमा उनले गत शनिबार ( मार्च ६ तारीख )करिब १ बजेतिर सुइ ग्रहण गरेका थिए ।

सुइ लिएको दुई घन्टापछि उनी बिरामी भएका थिए । उनको देब्रे आखा बन्द हुन छोडेको थियोे र मुखको देब्रे कुनाबाट रयाल झरिरहने भएको थियो । भोलिपल्ट बिहान उनको देब्रे आँखाले आँसु उत्पादन गर्न छोडेको थियो फलस्वरूप आँखा सुख्खा भएको थियो ।
मार्च ७ तारीख ऊनी रतोन्जी अस्पतालको आकस्मिक कक्षमा गएका थिए र जाँचपड्तालले उनलाई बेल्स पाल्सी भएको ठहर गरेको थियो ।८ तारीख सोमबार उनी डिस्चार्ज भएका थिए ।

उनको केसलाइ आउदो सोमबार भ्याक्सिन प्यानलले अध्ययन गर्ने कुरा सरकारी अधिकारीले भनेकाछ्न र यो घटनाको हुनुको पछाडि कोभिड ज्याबको हात छ कि छैन सोही दिन बताइनेछ।

तपाईको प्रतिक्रिया