विराटनगर

नेपाली ब्रान्डको प्रवर्द्धन गर्न विराटनगरमा हरेक शुक्रबार र शनिबार विकेन्ड बजार लाग्ने विराटनगरमा आइतवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ । नेपाली ब्रान्डको प्रवर्द्धन र स्थानीय व्यवसायहरूलाई समर्थन गर्ने उद्देश्यले रमाइलो कार्यक्रम विकेन्ड बजार आयोजना गर्न लागिएको आयोजक सस्था विकेन्ड बजारले जनाएको छ । विकेन्ड बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तशिल्प र घर सजावटका सामानलगायत नेपाली उत्पादनहरूको विस्तृत श्रृंखला प्रस्तुत गरिने भएको छ । जसले स्थानीय उद्यमी र कारीगरहरूलाई उनीहरूको काम प्रदर्शन गर्न प्लेटफर्म प्रदान गर्ने आयोजक सस्थाका आयुष श्रेष्ठले जानकारी दिए । प्रत्येक शुक्रबार र शनिबार एक्वा पार्क नजिकैको बारी कफी क्लबमा सो बजार सञ्चालन हुनेछ । बजारमा उपस्थित हुन र स्थानीय नेपाली व्यवसायहरूलाई समर्थन गर्न आयोजक ले सम्पुर्णलाई आग्रह गरेको छ । विराटनगरका युबाहरु युनेशराज श्रेष्ठ दीना प्रधान सुनिता राउत , नोर श्रेष्ठ ,आयुष श्रेष्ठ ,संयम श्रेष्ठ लगायतको समुहले सो बजारको आयोजना गर्ने गरेको छ । आम उपभोक्ताको हित का लागी सरल र सहज रुपमा स्टल बाट सामान खरिद गरेर स्थानिय स्तरमा आय आर्जन गर्न समेत प्रोत्साहन हुने आयोजकको भनाई छ ।

तपाईको प्रतिक्रिया