न्युयोर्क । शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवस, विश्व शेर्पा संघका संस्थापक अध्यक्ष तथा नेपाल शेर्पा संघका निबर्तमान अध्यक्ष ईन्जियर आङ दोर्जी लामा शेर्पाको प्रमुख आतिथ्यमा भव्य रुपमा यही अक्टोबर ५ तारिख सम्पन्न गरेको छ । प्रमुख अतिथिलाई शेर्पा रीतिरिवाज अनुसार शेर्पा सिलि नाचद्वारा विशेष सम्मानका साथ स्वागत गरिएको थियो ।


बिषेश अथितिहरुमा श्रद्वेय धर्मगुरु डा. युला शेर्पा, अमेरिकाको लागी अवैतनिक महाबाणिज्यदुत एसी शेर्पा, न्युयोर्क स्टेट बिधान सभा सदस्य स्टिभन रागा (Mr. Steven Raga), विश्व शेर्पा संघका वरिष्ठ उपाध्यक्ष निमा शेर्पा , शेर्पा किदुगका अध्यक्ष ई तेम्बा शेर्पा, दुजुम धर्म हाउस अमेरिकाका अध्यक्ष छोङबा लामा शेर्पा, नेपाल आदीवासी जनजाती महासंघ अमेरिका(फिप्ना)का अध्यक्ष तोरण गुरुङ,नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट,NRNA NCC North East RCC आङ छिरिङ शेर्पा, एनआरएन न्युयोर्क च्यप्टरका कार्यबाहक अध्यक्ष छिरिङ शेर्पा,नेपाल शेर्पा संघ सचिबालय सदस्य खुम्बु पासाङ,ल्हामु गाउँपालिका-१ वडा अध्यक्ष फुनुरु,मङगोल अरगनईजका कान्छा शेर्पा,सिन्धु सोसाईटी अमेरिकाका सुर्य खड्का,प्रबासी नेपाली एकता समाज अमेरिकाका अध्यक्ष रुद्र राउत,कलाकार संघ अमेरिकाकी अध्यक्ष वसन्ती राई, प्रबासी नेपाली एकता समाज (पानस)का महासचिव शंकर बिसुनके , मिस नर्थ अमेरिका जुबली शेर्पा, मिस मङ्गोलमङ्गो २०२२ पासाङ डोल्मा शेर्पा रहेका थिए ।
यसैगरी अथितिहरुमा न्युयोर्कका शेर्पा छोक्पा अध्यक्षहरु , विभिन्न संघसंस्थाका प्रतिनिधिहरु रहेका थिए। कार्यक्रममा विभिन्न देशबाट प्रतिनिधिहरुले अनलाइन जुम मार्फत आफ्नो उपस्थिति जनाइ शुभकामना व्यक्त गरेका थिए जसमा विश्व शेर्पा संघका अध्यक्ष थेन्डुप शेर्पा , नेपाल आदीवासी जनजाती महासंघका अध्यक्ष तथा नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पा, शेर्पा संघ बेलायतका अध्यक्ष रिन्जी लामा शेर्पा , विश्व शेर्पा संघका सदस्य आङ दोर्जी सोनाम, शेर्पा किदुग बेल्जियमका निवर्तमान अध्यक्ष, शेर्पा संघ जापानका पुर्व अध्यक्ष पासाङ शेर्पा रहेका थिए ।

विश्वभर छरिएर रहेका शेर्पाहरूको भाषा, संस्कृति, रितिरिवाज, परम्परामा एकरूपता ल्याउन र विश्वभरका शेर्पाहरूलाई एकीकृत गर्ने उद्देश्यले सन् २०१७ मा आङ दोर्जी शेर्पा (एडी)को अध्यक्षतामा विश्व शेर्पा संघ स्थापना भएको थियो। स्थापना पश्चात् संगठनले प्रत्येक वर्ष अक्टोबर ८ तारीख ग्लोबल शेर्पा दिवस मनाउने निर्णय गरेको छ ।

अक्टोबर ८ तारीख आधिकारिक ग्लोबल शेर्पा डे भएता पनि विदाको दिन अक्टोबर ५ तारीख परेकोले यसै दिन आयोजना गरिएको यस जमघटमा अमेरिकावासी शेर्पा युथलाई एककृत गर्ने हेतुले डिजे पार्टी सहितको सांगेतिक कार्यक्रम पनि राखिएको थियो जसको उदघाटन प्रमुख अतिथि आङ दोर्जी लामाले गरेका थिए ।
शेर्पा संस्कृतिकलाई दोस्रो जेनेरेसनको नयाँ पिडिलाई हस्तान्तरण गर्न यस्तो मनोरञ्जन सहितको डिजे पार्टी आयोजना गरेको अध्यक्ष पासाङ दोर्जी शेर्पा एपि लामा बताउँछन् ।
शेर्पा संघ अमेरिकाका सचिव पेम्बा गिर्मे शेर्पा लामाको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा कलाकारहरुले सामूहिक श्याब्रु नृत्य प्रस्तुत गरेका थिए । विश्व शेर्पा संघका महासचिव आङ जाङ्बु शेर्पाद्वारा संचालित उक्त कार्यक्रममा शेर्पा कलाकारद्वारा शेर्पा भाषाको दुई वटा गीत गाइएको थियो र अन्तमा डिजेद्वारा प्रस्तुत सांगेतिक माहौलमा उपस्थित युवा तथा अन्य महानुभावहरुले भरपुर मनोरञ्जन लिएका थिए।

तपाईको प्रतिक्रिया