दर्शक र संगीतकर्मीलाई निकट गराउने अभियान अन्तर्गत नयाँ शैलीमा ‘प्रोजेक्ट नजिक’ सार्वजनिक गरेका गायक दीपक बज्राचार्यले ‘प्रोजेक्ट नजिक’ को दोस्रो गीत ‘काँचो माया’ सार्वजनिक गरेका छ्न ।
रिक्की शाक्यको शब्द र दीपक बज्राचार्यको नै संगीत रहेको ‘काँचो माया’ मा युवा अबस्थामा हुने माया पिरतीको बारेमा बर्णन गरिएको छ । गीतको भिडियोमा गायक दीपक बज्राचार्यलाइ नै फिचारिंग गरिएको छ। गीतको भिडियोलाइ आउट डोर छायांकन अन्तर्गत एउटा सुन्दर गाउँमा खिचिएको छ ।
चेरिसा बज्राचार्यको कन्सेप्टमा तयार पारिएको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका जसमा उत्सव दाहालको सिनेमाटोग्राफी र बिजेश पौडेलको सम्पादन रहेको छ ।
के हो त ‘प्रोजेक्ट नजीक’ ?
प्रोजेक्ट नजीक एउटा “डीजाइनिङ्ग शो” हो जसलाई ३ खण्डमा बाँडिएको छ।
१. स्पट लाइट इभेन्ट ( अनप्लग लाइभ )
यस खण्डमा आफ्नो गीतलाई फरक शैलीको प्रस्तुतिका साथ अहिले सम्म नसुनिएका र नगरिएका कुराकानीहरु पनि गरिनेछ ।
२. नजीक मोमेन्ट ( मिट एण्ड ग्रीट )
आफ्नो दर्शक श्रोतालाई अझ नजीकबाट चिन्न र चिनाउन तथा केहि समय संगै बिताएर त्यो रमाइलो पललाई केहि तस्बीरहरुमा कैद गर्ने कोसिस गरिनेछ ।
३. इ डी एम सेसन (अपबिट कन्सर्ट )
अन्तिममा सधै झैं मुख्य कार्यक्रमको मज्जा लिदै नाच्न गाउन र रमाउनको लागि बिशेष तयार गरिएको नयाँ तथा पुराना गीतहरुको प्रस्तुतिमा सबै रमाउनेछन ।