काठमाडौ । लेख काफ्लेको स्वरमा `मदहोश बने´ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लेख काफ्ले युट्युव च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा गायक आफै मोडेलका रूपमा बर्षा शिवाकोटी र सुरवीर पण्डितसंग देखा परेका छ्न।
फिल रेकर्डिङ स्टुडियो, अनाम नगर काठमाडौ र गोल्डेन सिमा म्युजिक मेडिसन अमेरिकामा रेकर्ड गरिएको यस गीतमा लेख काफ्लेको शब्द, संगीत र एरेन्ज किरण भुसाल , र मिक्सिङ/ मास्टरिङ अशोक महर्जनको रहेको छ ।

म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफीमा केशवराज भट्ट , सिनेमाटोग्राफीमा बुद्ध थापा र सहायकमा सुरेस थापा रहेका छ्न। मेकअपमा अनिता ग्वाछा, प्रोडक्सन म्यानेजरमा सुर्य ओली,फोकस पुलरमा गौतम थापा,लाइट डिपार्टमेन्टमा मिलन थापा ,ध्रुव श्रेष्ठ , भिडियोको एडिटरमा दिन्सन शाह , आर्ट डाइरेक्टरमा माणिक पाख्रीन रहेका छ्न। म्युजिक भिडियोका निर्माता प्रतिभा अर्याल हुन भने पहिरन भ्यालिन्टिनो द बुटिकले उपलब्ध गराएको छ भने कलरिङ आइ क्याच स्टुडियोले गराएको छ।
म्युजिक भिडियोको लिङ्क