बालिका बान्तावा

पुजा र पुजन प्रेममा लीन भएको तीन बर्षपछि वैवाहिक जीवनमा बाँधिन्छ्न । छोरा जन्मिएको एक बर्ष पश्चात्  पुजनमा बिस्तारै परिवर्तन आउन थाल्दछ । छोरा जन्मिएको तीन वर्ष  पुग्दा नपुग्दै पुजनले फेरि कान्छी श्रीमती  भित्र्याउँछ । शारीरिक, मानसिक यातना सहन नसकेपछि नाबालक छोरालाई माइतीमा छाडेर पुजा छोराको भविष्यको लागी बैदेशिक रोजगारको सिलसिलामा दुबईतिर लाग्छिन। दुबई लागेको केहि समय नबित्दै मावलीबाट छोरा पनि खोसिएर बाउकै घरमा लगिन्छ।

माथि उल्लेख कथा एक नारीको वास्तबिकता हो।   
म पनि एक छोरीकी आमा हुँ । हुर्कदै गरेकी छोरीको बारेमा सोच्छु। एक थप्पड नहानी फूल जस्तै सुमसुमाउदै हुर्काएको छोरी पछी कस्को कस्को छोराले कति रूवाउदो हो । यस्तो कुरा सोच्दा म सधै पिरोलिन्छु ।
आमा बाबाले खाई नखाई , दुखमा पनि कुनै अभाव महसुस हुन नदिइ माया नै मायामा दिएर हुर्काएका हुन्छन् छोरीहरूलाई ।  त्यसैले पनि होला हरेक नारीहरूको लागी माया कमजोरी हो । सधैं मायामै लुटपुटिरहन चाहन्छन चाहे आमा बाबासंग हुन चाहे आफ्नो श्रीमानसंग।

छोरीहरू जब विवाह गरेर जान्छन तव उनीहरूको लागि आमाबाबु, दाजुभाइ , दिदीबहिनी, सबै सबैको रूपमा आफ्नो श्रीमानलाई नै देख्न थाल्छन् । परिवारजनबाट पाउने गरेको सम्पूर्ण माया श्रीमानमा नै खोज्न थाल्छन। शुरू शुरूमा धेरै माया गर्ने तिनै श्रीमान केहि बर्षको अन्तर मै किन परिवर्तन हुन्छन ? यदि श्रीमतीमा नै कमजोरीहरू हुँदो हो त प्रेममा परून्जेल किन देख्दैनन ति कमजोरीहरू ? शरिरसंग खेलिसकेपछी श्रीमतीको जवानी सकिएपछी किन बोझ बन्छन ? किन कुरूप लाग्छन तिनै सुन्दर श्रीमतीहरू ? किन विवाह गरेको केहि बर्षमै अघाउँछन आफ्नै श्रीमतीसंग ? किन परिवर्तन हुन्छन अगाध माया गर्ने ती प्रेमीहरू श्रीमती बनेपछी ? वा विवाह गरेको केहि बर्ष पछी ? किन भ्रममा राख्छन सधै सधै ? किन कुल्चन्छन संगसंगै देखेका सपनाहरू ? किन भत्काउछन माया , बिश्वास र भरोसाका ति बिशाल पर्खालहरू ?

यी सब गरिरहँदा किन सम्झदैनन ती श्रीमानहरूले आफ्नो घरमा भएका आफ्नै छोरीचेलीहरूलाई ?
मैले यति लेखिरहँदा म कट्टर नारीवादी कहलिन सक्छु तर यो मेरो भोगाई पनि हो र हाम्रो समाज हाम्रो आफ्नै परिवार र आफैतिर फर्केर हेरौं भन्छु । अपवाद बाहेक धेरै भन्दा धेरै नारीहरू पीडित छन। पुरूषहरूले धोका दिएर श्रीमतीहरूसंग भ्रमको खेती गरिरहेकै छन । घरमा श्रीमती र आफ्नै सन्तानहरू रूवाएर किन रमाउछन बाहिरी संसारमा पुरूषहरू ? जीवन साथी हुनुको अर्थ यस्तै हो त ? घर परिवार सम्हाल्ने, समाज, ईज्जतको ठेक्का के नारीले मात्र लिएकी  हुन्छिन र ?
जोसंग आफ्नो लामो जिन्दगी जोडिएकोछ , जोसंग आफ्नो सन्तानको भबिष्य जोडिएकोछ उसैलाई दुखी बनाउनु , रूवाउनु आखिर किन ? प्राप्ती के त ?


किन आफ्नो माया, आफ्नो सन्तानको आमालाई रूवाएर परस्त्रीगमन गर्छन पुरूषहरू ?  कि आफ्नो श्रीमतीको यौनाङ्ग भन्दा फरक हुन्छ परस्त्रीको यौनाङ्ग ??? तिनै तमाम संबंधित पुरूषहरू आफ्नो छातीमा हात राखेर एकपल्ट सोचिहेर्नुस त ? र आफैलाई प्रश्न गर्नुस आखिर म के चाहन्छु ? किन र के का लागी ?

तपाईको प्रतिक्रिया