आनन्द श्रेष्ठ

धरानका मेयर हर्क साम्पाङकाे अनुपस्थितिले डिसेम्बर १४ तारिख बसेको वराहकाे बैठक भाँडिएको थियो । वराह सहकारी संस्थाबाट पिडित पक्ष र संस्था बीच १८ बुँदे  सम्झाैता गराउने भनी धरानका नगर प्रमुख  हर्क साङपाङले डिसेम्बर १४ तारिख  दिउसाे १ बजे बैठक बोलाएका थिए तर आफै अनुपस्थित भएपछि बैठक स्थगित भएकाे हो ।


मेयरकाे याे रहस्यमय हर्कतबाट सबै अच्चममा परेकाे कुरा वराह पिडित पक्षले बताए । साे बैठकमा धरानका ३ जना वडाध्यक्ष , ईलाका प्रसाशन कार्यालयका अधिकृत, उप मेयर आइन्द्र विक्रम बेघा दिउँसो १ बजे देखि नै उपस्थित थिए । अन्तत: ४ बजेसम्म पनि मेयर नआएपछि वैठक स्थगित भएकाे थियाे ।

बैठकमा उपस्थित उपमेयर बेघाले भने धरानका करिब १८ हजार घर प्रभावित भएकाे याे केस मिलाउन सबैकाे कर्तव्य र जिम्मेवारी हाे । आफ्नो जिम्मेवारीबाट काेहि भाग्न पाइदैन बरु  चाडाे भन्दा चाडाे दुवै पक्ष बीच सम्झाैता गराउन सके ठुलाे राहत मिल्ने कुरा बताए ।

असफल बैठकको दृष्य हेर्न माथिको भिडियो हेर्नुहोस

स्मरणीय छ, धरानकाे वराह सहकारी तथा बचत संस्थाले झण्डै १८ हजार मानिसहरूबाट संकलन गरेकाे १४ अर्ब रूपैया हिनामिना गरेपछि ग्राहकहरुले ठुलाे तनाव झेल्दै आएका छन । यसै बीच वराहका संचालकहरूलाई जेल पठाउनु भन्दा भएकाे सम्पतिलाई सेयरवाला आफैले समिति बनाई संचालन गरेर पैसा असुल्नेबारे १८ बुँदे सम्झाैता गर्ने तयारिमा जुटेका हुन ।

तपाईको प्रतिक्रिया