काठमाडौं– नेपाल-चीन सीमा केन्द्रविन्दु भएर दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल-चीन सीमाको सिन्धुपाल्चोकबाट नजिकै केन्द्रविन्दु भएर दुईवटा भूकम्प गएको हो ।
पहिलो भूकम्प काठमाडौंमा पनि महसुस भएको थियो ।
दोस्रो भूकम्प ३ बजेर ५३ मिनेट जाँदा ४.५ रेक्टर स्केलको गएको छ ।
भूकम्पको क्षति आइसकेको छैन ।