राजेन्द्र केरुङको संगीत र स्वरमा दुनियाँलाई भुली नामक गीतको भिडियो सार्वजनिक भएको छ ।

तिवाशेक लाओतीको रचना रहेको यस गीतको संगीत  संयोजन तथा मिक्सिङ राजु कार्कीको रहेको छ । मनोज साङ्सोनले रेकर्ड गरेका हुन।


अनामनगर स्थित किङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको  भिडियोको छायांकन/सम्पादन सृजन शिरीषले गरेका छन।
करिब डेढ दशकदेखि सांगितिक क्षेत्रमा संघर्षरत  गायक राजेन्द्र केरुङले यस अघि “मिङ्सो” एल्बम मा संग्रहित फुङइनु सेवा चोगिरो, माङ्लाङ नु केलाङ,सिन्दुर साक्षी छ साथै आधा दर्जन भन्दा बढी कुलुङ भाषाका गीत रेकर्ड गरिसकेका छन ।

पाँचथर फालेलुङका नव प्रतिभाको रुपमा तिवाशेक लाओतीको पहिलो रचनामा बनेको यो गीतलाई फालेलुङ टिभी मार्फत सार्वजनिक गरिएको छ ।

गीतको भिडियो यहाँ हेर्नुहोला

तपाईको प्रतिक्रिया