हङकङ । मगर संघ हङकङले आफ्नो २५ औं वार्षिकोत्सव भव्यताका साथ अगस्ट ६ तारीख शनिबार जोर्डन स्थित चुम्लुङ हिममा सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा आ-आफ्नो क्षेत्रमा आबद्ध मगर व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।

`वर्ष पुरुष–२०२२´ को लागि मगर संघ, हङकङ, नौमती बाजा समूहका अध्यक्ष हरि थापा मगर र `वर्ष महिला–२०२२´ का लागि मगर संघ, हङकङकी पूर्व महासचिव एवं लाङ्घाली समाज, हङकङकी अध्यक्ष निलम थापा मगर सम्मानित भएका थिए । यी दुई व्यक्तित्वलाई हङकङका नेपाली महावाणिज्यदूत उदयबहादुर रानामगर र मगर संघ, हङकङका अध्यक्ष हर्कप्रसाद राना मगरको हातबाट सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
यसैगरी विभिन्न विधातर्फ महत्वपूर्ण योगदान पुर्याएका मगर व्यक्तित्वहरूलाई पनि वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको थियो । सम्मानित हुनेहरूको पुर्ण नामावली तपशिल बमोजिम रहेकोे छ।
(१ ) बर्ष पुरुष- हरि थापा मगर
(२) बर्ष महिला- निलम थापा मगर
विधागत रूपमा सम्मानित
(१) शिक्षा- टिका राना मगर
(२) साहित्य- जुनु दिव्य राना मगर
(३) संचार- धर्मराज गुरुमाछाने मगर
(४) खेलकुद- शैलेन्द्र राना मगर
(५) संस्कृति – टिना थापा मगर
(६) व्यापार – सन्त बहादुर आले मगर
(७) नौमती बाजा – कृष्ण बहादुर नेपाली
(८) सेफ्टि अफिसर उतिर्ण भएकोमा -थल श्रीस मगर
(९) नेपाल मगर संघ बैदेशिक बिभागको सचिवमा निर्वाचित भएकोमा- निता थापा मगर


स्वागत मन्तव्य संस्थाका वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर थापा मगरले दिएको उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिनेमा संघका पूर्व अध्यक्ष नेत्र पहराई मगर, हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, शोभा थापा मगर, नेपाल मगर महिला संघकी विदेश सचिव नीता थापा मगर, लाङ्घाली कल्याण समाज हङकङकी अध्यक्ष निलम थापा मगर, मगर महिला संघ हङकङकी शर्मिला राना मगर, रोस गुमस्ठाकी अध्यक्ष टिना थापा मगर, किरात राई यायोक्खाकी अध्यक्ष मायादेवी राई, तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ, मगर संघ हङकङका वरिष्ठ उपाध्यक्ष प्रेम थापा मगर, महासचिव झलक थापा मगर रहेका थिए । वार्षिकोत्सवको दोस्रो चरणमा महासचिवद्वारा प्रस्तुत कार्यपत्र र कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिबाट अनुमोदन गरिएको थियो ।
मगर संघ हङकङका अध्यक्ष हर्क प्रसाद राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास हङकङका महावाणिज्यदूत उदय बहादुर राना मगर रहेका थिए ।
प्रमुख अतिथि महावाणिज्यदूत उदय बहादुर राना मगरलाई अध्यक्ष हर्क प्रसाद रानाबाट सम्मान तथा मायाको चिनो प्रदान गरीएको थियो ।
महासचिव झलक थापा मगरद्वारा संचालित उक्त कार्यक्रममा स्थानिय कलाकारहरुले थाली तथा कौडा नृत्य पनि प्रस्तुत गरेका थिए ।
