रमेश के.सी.
जेन के हो ? प्रसिद्ध जापानी जेन गुरु डा डाइसेटज टैटारो सुजुकी भन्छन “एक पल्टमा उत्तरदिन सजीलो पनि हुन्छ, अफठयारो पनि छ, यो सजीलो छ कि जेन नभएको त्यहाँ केहि पनि छैन । म औला चलाउछु, त्यहाँ जेन छ । दिनभरी नबोली मौनतामा बस्छु, त्यहाँ जेन छ । प्रत्येक कुरा तिमी भन्छौ र गर्छौ, त्यो जेन हो । प्रत्येक कुरा तिमी भन्दैनौ र गर्दैनौ त्यहाँ जेन छ । बगैचामा फुल फक्रिरहेको वा जङलमा चराहरु कराएको त्यहाँ तिमी संग जेन छ । कुनै शब्दहरु जेन भन्नलाई चाहिदैन, उच्चारण गर्न अघि नै तिमिसंग जेन छ । प्रश्न यस कारणले सोधीएको छ कि तिमीलाई थाहा छैन कि तिमी संग तिम्रो वरीपरी जेन छ । यसै कारणले उत्तर दिन सजीलो छ” डा. सुजुकीको यो जेन के हो ? भन्ने प्रश्नको उत्तरले धेरैलाई जेन बुझाउन मद्धत गर्दछ । जेन बौद्ध धर्म दर्शन जापानी जीवन र सँस्कृतिको अभिन्न अङ्ग हो । जेनको उत्पती खोज्दा हामी संस्कृत शब्दको ध्यान शब्दसम्म पुग्नु पर्दछ । ध्यान प्रबोधन प्राप्त गर्ने महत्वपूर्ण अध्यात्मिक विधी हो । जस्को प्रयोग हिन्दु, बौद्ध र ताओ धर्मावलम्बवीहरुले प्राचिनकाल देखि गर्दै आएका छन । त्यहि ध्यान छैटौ शताब्दीमा बोधीधर्मले चीनमा बौद्ध धर्म लगेपछि चान र पछि जाजन हुदैं जापानी भाषामा जेन भयो । जेन भगवान बुद्धले अनुभव गरेको प्रबोधनको अनुभुतीलाई बाँडने विधी हो । जसले प्रबोधनको माध्यमबाट सत्यको बोध गराउँछ । जेन अतर्कबुद्धिवाद तथा अन्तः प्रज्ञात्मकतावादमा आधारित हुन्छ । यहि ज्ञानका विशेषज्ञ डा. सुजीकीले आफ्नो लामो जीवनकालमा अभ्यास मात्र गरेनन कि यसको प्रचार प्रसार विशेष गरेर पश्चिमाहरुलाई जेन दर्शनको जानकारी गराए । बुद्ध धर्मका विभीन्न शाखाहरुमध्ये एक यस जेन चीनीयाँ र जापानी समाजमा अभ्यास गरिन्छ । जुन धर्मलाई जापानीहरु परमसत्य मानेर बाँच्दै आएका छन्। सन १८७० अक्टुबर १८ मा जन्मिएका
डा सुजूकीको निधन १९७० मा एक सय वर्षको उमेरमा भएको थियो। विद्यावारीधीगर्ने वंशको परिवारमा जन्मिएका डा. सुजुकीले विश्वविद्यालयको पढाई छोडेर कोसीन इभागीता रोशी र यहि सोयन साक रोशीसंग इन्गाकुजी कामाकुरामा शिक्षा लिए । यहि क्रममा विचारको पर्दा च्यात्दै उनले निर्विचारको अनुभुती गरे संगै प्रबोधन प्राप्त गरे । आफ्नो प्रबोधनको अनुभवलाई डा. सुजुकी यसरी भन्छन “यो समाधी आफैमा पूर्ण छैन । त्यो अवस्थाबाट बाहिर आउन यसबाट जागृत बन र त्यसपछि हुने जागरण प्रज्ञान हो । त्यो क्षण समाधीबाट बाहिर आउनु त्यस्लाई जे हो त्यो भनेर हेर्न सतोरी हो । जब म समाधीको अवस्थाबाट बाहिर आएर भने “यो त्यहि हो” । बौद्ध सुत्र लांकावतरामा दुई खण्ड थेसस लेखेपछि डा सुजुकीले ओटानी विश्वविद्यालय क्योटोबाट विधावारीधिको उपाधी पाए । पछि जापानी एकेडेमीको सदस्य र सम्राटबाट साँस्कृतीक पदक पाए । उनले प्राप्त गरेको डाइसेट अवधीको अर्थ हुन्छ “महा विनम्रता” । दोस्रो विश्वयुद्ध ताका एकान्त वास बसेका डा. सुजुकी विशेष गरेर यूरोप र अमेरिकामा जेन बौद्ध धर्मलाई लोकप्रिय बनाउनेमा प्रमुख व्यक्ति हुन । उनको लण्डनबाट “दि डक्ट्रिन अफ नो माईण्ड” पुस्तक प्रकाशित भएको थियो । “दि फिल्ड अफ जेन” उनको लोकप्रिय पुस्तक हो । महायान बौद्ध परम्परा कै एक अङ्ग जेन जापानमा पुगेपछि यस्ले राजनीति, कृषि, कला, सङ्गीत, साहित्य भवन निर्माण पोशाकमा समेत असर गरयो । मौनतामा सत्य देख्ने यस दर्शनका स्रोतहरु पहिल्याउँदै जाँदा हामी २ शताब्दीका भारतीय बौद्ध तत्व मिमांसकहरु सम्म पुग्नु पर्ने हुन्छ । जेन भन्दा फरक अर्को महायान तिब्बती बौद्ध धर्म पनि भारतीय तत्व मिमांसकहरुलाई स्रोत मान्दछन । विशेष गरेर २ शताब्दीका आन्ध्रप्रदेशका तत्वमिमांसक नागार्जुनको शुन्यवाद महायान परम्पराको आधार हो । त्यसपछि दिनाग्ग, बुद्धपालिता, धर्मकृती र अतिसा आदि तत्व मिमांसकहरुले विभिन्न ज्ञानका धाराहरुको निर्माण गरे । जहाँबाट महायान परम्पराको शुरुवात हुन्छ । हिनयान जो अरहतहरुको जीवन दर्शन हो भने महायान बोधीसत्वहरुको जीवन दर्शन हो । विशेष गरेर नागार्जुनको रुपनै सुन्यवादी दर्शन जेनमा प्रमुख रुपमा रहेको छ । अर्को बुद्ध मस्तिष्कको अवधारणा पनि यसमा पाईन्छ । किनभने धम्मपदमा बुद्धले संसार र निर्वाणको स्रोत मस्तिष्क
भनेका छन् । यहि मस्तिष्कमा हाम्रा आशा, निराशा, दुखः, सुख कुण्ठा र भ्रम हुन्छन । संसारभरबाट अलग रही हृदय हरुको मृत्यु गराउने शक्ति पनि यहि मस्तिष्कमा हुन्छ । अवैदीक मतको रुपमा आजभन्दा २५ सय वर्ष अघि शुरु भएको बौद्ध धर्म भारत, नेपाल, तिब्बत, चीन, श्रीलंका, भीयतनाम, कोरिया र जापान आदि राष्ट्रहरुमा मानिन्छ । महायान र हिनयान समुदायमा विभाजीत यस धर्मको विभाजनलाई डा. सुजुकी हिनयाना नैतिक अभ्यास र महायान बौद्धिक अनुमान र अभ्यासहरुको दर्शन हो भन्दछन । डा. सुजुकीको जेन दर्शनको मुलमर्म भनेको मस्तिष्कलाई संसारको आकर्षण र आशक्तिबाट मुक्त गर्नु हो । जेनमा एउटा कथन छ मस्तिष्कको मालिक बन नोकर होइन । जेन बौद्धहरु विश्वास गर्दछनकी मस्तिष्कमा अकल्पनीय क्षमता छ जस्ले मानिसलाई सत्यको साक्षात्कार गराउँछ । जेनले स्वतन्त्रताको यथार्थ तर्फ लैजान्छ न कि स्वतन्त्रताको काल्पनीकी तर्फ । जेन बौद्धधर्मका संस्थापक बोधीधर्मका अनुसार वस्तुहरुको तीन वटा प्रकृति हुन्छ । काल्पनीक, सापेक्षिक र परम । यीनै तीनै सत्यहरुलाई चिनेका थिए डा. सुजुकीले । यिनै सत्यहरुलाई आफ्नो साँस्कृतिक जिवनमा जापनीहरुले ढालेको बताउछन । प्रकृतिलाई मानव मनको अभिन्न अंग मान्ने उनीहरु प्रकृति एक सजिव वस्तु भएकोले त्यस सँग चेतनाको प्रवाहलाई मिलाउने प्रयत्न गर्दछन । उनिहरु पहाडको पनि आत्मा हुने कुरामा विश्वास गर्दछन। डा. सुजुकीका अनुसार जापानी चित्रकला, मुर्तिकला र सुलेखनको परम्परामा जेन को असाधारण योगदान छ । संसारलाई विम्बको रुपमा हेर्ने र त्यसमा कुनै सार नभएको निष्कर्ष निकाल्ने डा. सुजुकी शुन्य मनका दार्शनिक हुन । उनको जेन दर्शनलाई बुझ्न अमेरिकाको साम्ला प्रकाशनले छापेको “दि अवकेनिङ्ग आफ जेन” पुस्तकले मद्दत पुर्याउदछ । सो पुस्तकमा बासोले लेखेको हाइकुमा जेन तत्वबारे उनको बौद्ध विश्लेषण छ ।
ओ ! प्राचिन पोखरी
एउटा भ्यागुता हामफाल्छ
पानीको आवाज
पोखरी पोखरी हो, भ्यागुता भ्यागुता हो, र पानी पानी हो । वस्तुहरु जस्ताको त्यस्तै रहन्छन । पोखरी र भ्यागुता संगै अस्तित्वमा हुन्छन । जबसम्म एक दिन बासो नामको व्यक्ति दृष्यमा आउछन र पानीको आवाज सुन्छ्न । डा. सुजुकी यसलाई जेन सँग जोडछन । अझ अगाडी गएर भन्ने हो भने हामफलाई, आवाज, भ्यागुता र पोखरी सबै एकमा छन र एकमा सबै छन्। तीनीहरु परम यथार्थमा छन् परम चरित्रमा छन यो पुनः शुन्यताको अवस्था हो । उनी जेनलाई २५ सय वर्ष अगाडीको बुद्धको प्रबोधनसँग जोडदै मानिसको अन्त प्रज्ञा र करुणा एउटै हो भन्दथे । ७० को अनुभवबाट सम्पुर्ण द्वैततालाई पार गरेर परम सत्यसँग साक्षात्कार गर्दथे। चिनिया जेनले नागार्जुनको विषय र वस्तुको द्वैतताबाट परम सत्य पुग्ने तत्व मिमांसालाई आत्मासात गरेको ठान्ने सत्य एउटा वा दुईटा नभएको त्योभन्दा पर शुन्यतामा पुग्ने नकारभावलाई मान्दथे । यो नकारभाव तत्व मिमांसीय हो, व्यवहारिक होइन । यही चिन्तनलाई संकल्पनात्मक चिन्तनको अयथार्थ र निरपेक्ष अन्तप्रज्ञात्मक ज्ञान जेनको आधार हो । प्राचिन भारतीय मिमांसकलाई संसारका कसैले पनि नभेटने धारणा राख्दछन । नागार्जुनको महाप्राज्ञा पारामिता सुत्र आज चिन तिब्बत जापानमा बढी अभ्यास हुन्छ । द्वैतवादी चिन्तनबाट सत्य साक्षातकार गर्न नसकिने भएकोले शुन्य भावमा चिन्तन गर्नु उनीहरुको स्वभाव हो । जेन भनेको घर फर्किनु जस्तै हो अर्थात मस्तिष्कको सही स्वभावमा फर्किनु हो । यसर्थ उनले शब्दविहीन मौनता, चित्तको एकाग्रता, बुद्धमन र प्रज्ञाको ज्योतीमा जोड दिए उनले जेनलाई इसाई धर्मको दर्शन सँग पनि तुलना गरेका छन्। इसाई सन्त एकार्टसँग उनको दर्शन मिल्दो जुल्दो छ । जेनका मान्छे डा. सुजुकीको मृत्युबारे उनका एक शिष्य सुहाकु कोबोरीले लेखेका छन्“१४ जुलाईको एक मध्यान्ह सुजुकीको शरिर सेतो धुआँमा किताकामाकुराको आर्यघाटमा मिल्यो । समुद्रबाट आईरहेको हावासँग त्यो धुवाँ हरायो । उनी कहा गए ? हेर यहाँ उनी छन उनी कहिले मर्ने छैनन प्रतिज्ञा जो उनले गरे । उनको इच्छाशक्ति जस्ले अव्यक्तलाई व्यक्त गरयो र मानव जातीसँग बाडयो । प्रतिज्ञाकोचक्र जो ९५ वर्ष सम्म घुम्यो । जसलाई अगाडी बढाउनु पर्दछ । पुस्तादेखी पुस्ता सम्म ,जब सम्म पृथ्वीमा मानवजातीको अस्तित्व हुनेछ” ।