क्रान्ति सुब्बा

अगस्ट ५ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,४२८
.स्थानीय केस संख्या : ४,२२३
.पिसिआरबाट पुष्टि केस संख्या : १,४२२
.एन्टिजेनबाट पुष्टि केस : २,८०१
.आयातित केस संख्या : २०५ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ३७ जना
.आयातित केसमा  युकेबाट ४० जना , अमेरिकाबाट १८ जना ,  फिलिपिन्सबाट १७ जना , इन्डियाबाट १८ जना परेका थिए ।
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : १३३
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : ३५

.कुल संक्रमित संख्या : १,३७६,३६६(वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,५३१( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२३६,२७०

. ३ वटा नर्सिङ होमका ३ जना  वासिन्दा संक्रमित भएका थिए ।

.२५५ वटा स्कुलबाट ३२१ वटा केस आएका थिए  जसमा २७० जना विद्यार्थी र ५१ जना टिचिङ स्टाफ परेका थिए । कोभिड संक्रमणका कारण कजवे बेको पोडस किन्डर्गार्डेन र युनलङ मर्चेन्टस एसोसिएसन प्राइमरी  स्कुलका कक्षाहरु एक हप्ताको लागी निलम्बन हुने सुचीमा परेका थिए  ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,३१८
.आज  रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ४ जना । मृत्यु हुनेमा ७० देखि ९४ वर्ष बीचका १ जना पुरुष र ३ जना महिला परेका थिए। मृत्यु हुनेमा एक जनाले मात्रै ३ वटा खोप ग्रहण गरेका थिए । २ जना मृतक खोपहिन थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : १,४९२
.क्रीटिकल बिरामीको संख्या : २८
.सिरियस बिरामीको संख्या : १६
.आइसियुमा रहेका बिरामीको संख्या : ८
.गत २४ घन्टामा निको भएका बिमारी : २१३
.डिस्चार्ज भएका बिमारी :१८९
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : १ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : १ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२६,४०१
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२५,८६१

तपाईको प्रतिक्रिया