अदिती श्रेष्ठ
काठमाडौ । आरोहण गुरुकुलको कुञ्ज नाटकघरमा दिलिप बान्तावाको कथामा आधारित नाटक ‘सेमुना’ यही जेठ २८ गतेदेखि मञ्चन भइरहेको छ। यो नाटक निर्देशन निता राईले गर्नु भएको हो । छुट्टै सभ्यता , संस्कृति तथा जिवनशैली भएको किराती समुदायको संस्कृतिलाइ यस नाटकमा दर्शाइएको छ ।
तीन दशक अगाडि लेखिएको प्रेम कथालाई रंगमञ्चमा पनि सकभर न्याय दिने हिसाबले प्रस्तुति दिइएको छ।
यस नाटकमा निता राई,सब्बु गुरुङ ,अरुण पुन मगर ,सुमन कोइराला ,आशिष न्यौपाने ,राजेन्द्र कट्टेल ,सौजन लिम्बु , चन्द्र नेपाली, प्रकास थापा ,एलिजा तुम्बापो ,प्रतिज्ञा भण्डारी , शंकर पोखरेल ,रोहित श्रेष्ठ , दिवस शिवाकोटी, संजय तिमल्सिना, उज्वल राज ढकाल, राम चन्द्र राई, निसान खत्री ,यस कुमार राई, टिमोथि जोन लामा, कबि राइ , विश्वास मानन्धर, अभिशेक खडका, सुब्रत सिल्वाल, पुजा तिवारी लगायतका कलाकारहरुले अभिनय गर्नु भएको छ। किरात सभ्यताका मौलिक रितिरिवाज,धर्म , कला ,संस्कृतिलाई नयाँ पुस्ता माझ परिचय गराउने यो नाटक कुञ्ज नाटक घर थापागाउँमा असार ११ गते सम्म मञ्चन हुनेछ ।
नाटकका केहि दृश्य