क्रान्ति सुब्बा
जुन ६ तारीख सोमबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ५४३
.पिसिआरबाट पत्ता लागेको केस: २११
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३३२
.७५ वटा एन्टिजेनबाट पोजिटिभ भएको केस पिसिआर टेस्ट गर्दा नेगेटिभ आएका थिए ।
.कुल संक्रमित संख्या : १,२१५,६९६ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३८६ ( वर्ल्डोमिटर )
.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका २११ जनामध्ये २५ जना अस्पताल प्राधिकरणले, २२ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट र बाँकी १६४ जना निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष ढंगले पुष्टि भएका थिए ।
.आयातित केस संख्या : ८६ जना
.एयरपोर्टमा पत्ता लागेको केस: ४२
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : ३९
.क्वारेन्टाइन अवधि सकिएर पत्ता लागेको केस : ५
. नर्सिङ होमबाट आएको केस संख्या : १ जना कर्मचारी । ७ जना क्लोज कन्ट्याक पहिचान गरिएको थियो ।
.आज १४७ वटा स्कुलबाट २०४ वटा पोजिटिभ केस आएका थिए । फलस्वरूप केहि स्कुलहरु निलम्बनको सुचीमा परेका थिए । काउलुन तङ फनफुल इङलिस प्राइमरी स्कुलको विभिन्न ४ वटा कक्षाबाट १२ वटा केस आएका थिए । हङकङ व्याप्टिस्ट युनिभर्सिटी एफिलिएटेड स्कुल वङ काम फाइ सेकन्डरी र प्राइमरी स्कुलबाट यो भन्दा अघि घनिष्ठ सम्पर्क सुचीमा परेका तीन जना व्यक्ति पोजेटिभ पुष्टि भएका थिए । साम शोइ पुमा रहेको फु विङ स्ट्रीट गभर्मेन्ट प्राइमरी स्कुलको कक्षा ४सीबाट ४ जना विद्यार्थी संक्रमित भएका थिए ।
. आइरन फेरिज एन्ड जे. बोरोस्की नामक बार क्लस्टरबाट थप ३ जना कस्टमर संक्रमित भएका थिए । उक्त बार रहेको ठेगाना हो – लोअर ग्राउन्ड , चाइनाचेम हलिवुड सेन्टर ,१ हलिवुड रोड, सेन्ट्रल। यो क्लस्टरबाट संक्रमित हुनेको कुल केस संख्या ५६ पुगेको छ जसमा १८ देखि ५८ वर्ष बीच ५४ जना कस्टमर र २ जना स्टाफ परेका थिए ।
.३५ नम्बर पोटिङ्गर स्ट्रीट,सेन्ट्रलमा रहेको डान्स फ्लोर नभएको लिन्क( LINQ) बारबाट १५ वटा केस आएका थिए । यो क्लस्टर अन्तर्गत संक्रमित हुनेको संख्या ९३ पुगेको छ ।
.लिन्क बारबाट आएका ४५ वटा केस र सप्फल बारबाट आएका २८ वटा केसको प्रारम्भिक आनुवांशिक विश्लेषणमा ओमिक्रोन उपभेरिएन्टको प्रोटिन स्ट्रेन L452Q देखिएन। यस मानेमा यी केसहरु लोकल स्ट्रेनबाट संक्रमित भएको हुन सक्ने बताइएको थियो ।
.सेन्ट्रलको लान क्वाइ फङमा रहेको सफ्फल नाइट क्लब बाट थप १६ वटा नयाँ केस आएका थिए । जसमा १४ जना कस्टमर र २ जना स्टाफ परेका थिए । यो बारबाट संक्रमित हुनेको संख्या ८५ पुगेको छ।
.ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ द्वारा संक्रमित २ जना थपिएका थिए । ती मध्ये एक जना ताइकु शिङको म्याकडोनाल्ड क्लस्टरसंग संबंधित थिए । अर्का संक्रमित भने पहिला संक्रमित ताइकु सिङ निवासी एक परिवारका सदस्य थिए ।
हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,१७३
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०
.औसत मृत्यु दर : ०.७६४%
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ३६८
.क्रीटिकल बिरामीको संख्या : ११
. सिरियस बिरामीको संख्या : ७
.आइसियुमा कृटिकल बिरामीको संख्या : ६
.निको भएको बिरामीको संख्या : २३ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : १५ “
.अस्पतालमा भर्ना हुने क्रममा पुष्टि केस: १
.अस्पताल भर्ना हुँदा पुष्टि भएका केसको क्लोज कन्ट्याक्ट: १
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,५१३
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २३,४१३